Showing posts with label नेपाल महात्म्य. Show all posts
Showing posts with label नेपाल महात्म्य. Show all posts

नेपाल महात्म्य पढ्नुहोस।

प्रा. डा. राजेन्द्र सुवेदी;-  नेपाल विश्वका विभिन्न राष्ट्रहरूमध्ये पुरानो इतिहास र अस्तित्व बोकेको राष्ट्र हो । आधुनिक नेपालको निर्माण हुनुभन्दा अगाडिको स्थितिमा यहाँको भूराजनीति अनेक राजा रजौटाहरूको अधीनस्थ थियो ।

तैपनि यहाँको परिचय पशुपतिनाथ, गोरखनाथ, मुक्त्तिनाथ, चन्दननाथ आदि इष्टदेवको संरक्षणमा चलेको थियो । ती मुलुकहरूमा आधिदैविक र आध्यात्मिक आस्थाको अनुशासन कायम थियो । यिनै निष्ठा र आस्थाका अनुशासनबाट युगौदेखि परिचालित बन्दै आएका यस मूलुकको भूसंरचनाले पनि प्राचीन हुन मदत गरेको छ . हिमालयको काखमा अवस्थित भहाभारत पर्वत श्रृङ्खला चुरे पहाडको बिचमा रहेका भूभागमा नै यस क्षेत्रका मानिसको अस्तित्व आरम्भ भएको कुरा आज अनेक अध्ययनहरूबाट पुष्टि हुँदै गएको थियो । वैज्ञानिक र वस्तुगत तथ्य पनि के हो भने पहाडी धरातलमा स्थलचर जीवको विकास र मानव अस्तित्व कायम भइसक्ता र त्यहाँ विशिष्ट सभ्यताको स्थापना भइसक्दा पनि आजको दक्षिणतर्फको समतल भाग जलामय भएका कारण मानव अस्तित्व आइनसकेको सन्दर्भलाई चिन्तकहरूले आफ्नो समाजविज्ञान अध्ययनको विषय बनाएका छन् ।