सनातान चौतारीका फेसबुक पोष्टहरु।

 हाम्रा पुर्खाको #टोपि, धोति, पटुका, घलेक, बख्खुमा बचाएर राखेको संस्कृति मास्न दिने छैनौ।



श्रीमत्स्यनाथ:- कुलचन्द्र कोईराला

हिन्दु धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् । लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्‍यो ।

दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्‍यो । सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए । सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ ।

हिमाली लोक साहित्य- योगी नरहरिनाथ

हिमाली जिल्लाका नागरिकको जीवन र जिविका गहुँ, फापर, उवा, केराउ, साग, आलु लगायतसँग जोडिन्छ । चौंरी, भेंडा, च्याङ्ग्रा, गाई, घोँडा, हिमाली नागरिकका सुखदु:खसँग जोडिएका छन् । गएको हिउँदमा परेको भारी हिमपातले सयौं चौंरी, भेंडा, च्याङ्ग्रा, गाई, घोँडा सखाप पारिदियो ।
सबैभन्दा बढी क्षति उपल्लो मुस्ताङले नै बेहोर्‍यो । हिमाली जिल्लाका नागरिक चौंरी लगायतका जनावारसँग कसरी जोडिएका छन्, कसरी जिविका चलाएका छन् भन्ने कथा व्यथालाई नाटकमा देख्दा उनीहरु स्तब्ध बने ।
उपल्लो मुस्ताङमा ३ दिन यस्तै सांस्कृतिक उत्सवमय बन्यो । 

देवमाला वंशावली - योगी नरहरिनाथ

देवमाला वंशावली अनुसार राजाले सर्प मारि देखाउने जात्रा गरे जहाँ काशीका विश्वनाथ हेर्न आएको थाहा पाइ तान्त्रिक गुरुहरुले समत्न खोज्नु भयो। यो देखि भैरव जमिन मुनि छिरी भाग्न खोज्दा उनीलाई पकड्न खोज्दा शिर मात्रा समात्न सके र त्यस बेलादेखि यहाँ राखी पूजाआराधना गर्न थालियो।
उक्त भैरवनाथलाई वर्षको एकपल्ट बिस्केट जात्रामा बाहिर खटमा राखी जात्रा गर्ने चलन रहेको छ।यद्यपि सक्कली भैरवलाइ भने तामाको टोकरी भित्र राखी मूल पुजारी बाहेक अन्य कसैले पनि हेर्न तथा पूजाआजा गर्न नपाइने गरि राखिएको छ।देवमाला वंशावली अनुसार राजाले सर्प मारि देखाउने जात्रा गरे जहाँ काशीका विश्वनाथ हेर्न आएको थाहा पाइ तान्त्रिक गुरुहरुले समत्न खोज्नु भयो। यो देखि भैरव जमिन मुनि छिरी भाग्न खोज्दा उनीलाई पकड्न खोज्दा शिर मात्रा समात्न सके र त्यस बेलादेखि यहाँ राखी पूजाआराधना गर्न थालियो।

उक्त भैरवनाथलाई वर्षको एकपल्ट बिस्केट जात्रामा बाहिर खटमा राखी जात्रा गर्ने चलन रहेको छ।

नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्ष्यमा गण्डकी प्रस्रवण क्षेत्रका तीर्शस्थलहरूको विश्लेषणात्मक अध्ययन डा. जगमान गुरुङ

 हिन्दू धर्ममा आस्था राख्ने, यो धर्म मान्नेहरुका लागि शक्तिपीठहरुको विशेष महत्त्व हुने गर्छ । शक्तिपीठहरुको स्थापना र तिनको पूजा गर्ने प्रचलनले कुनै वेला समाज व्यवस्थामा मातृसत्ताको प्रभुत्व रहेको तथ्यलाई औंल्याउँदछ । हिन्दू धर्म मान्नेहरुले सामान्यतः शक्तिपीठहरुको अराधाना सदैव गर्ने गर्छन् । अझ दशैं आएपछि त शक्तिपीठहरुमा झनै विशेष आराधना, पूजापाठहरु गर्ने गरिन्छ । आज हामी तपाईंहरुलाई क्यामेराको माध्यमबाट मुलुकका केही चर्चित शक्तिपीठहरुको दर्शन गराउँदैछौं ।
 दन्तकाली, धरान दन्तकाली मन्दिर धरान नगरपालीका वडा नं. १४ विजयपुर डाँडाको मध्य भागमा अवस्थित छ । मध्यकाल तिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिँड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ । उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ । यो मन्दिरको बारेमा स्वस्थानी ब्रतकथामा पनि उल्लेख भएको पाइन्छ । नेपाल एकिकरण पूर्व विजयपुर राज्यका सेनवंशी राजाहरूको ईष्टदेवीको रूपमा पुजित यो शक्तिपीठको महिमा सदाकाल उस्तै रहेको छ ।

म र मेरो कर्तब्य :- खप्तड बाबा

खप्तड बाबाले आफ्ना दर्जनभन्दा बढी ग्रन्थमा परम्परागत पण्डित र विद्वान्हरूले जस्तो शास्त्र प्रमाणलाई अधिक स्थान दिएका छैनन् । बरु मनोविज्ञानसम्मत बौद्धिक युक्तिहरू, ऐतिहासिक तथ्यहरू तथा जनसाधारणका अनुभवलाई प्रमाण मानेका छन् र आफ्ना मतहरू स्थापित गर्न यिनै प्रमाणको उपयोग गरेका छन् । 

खप्तड बाबाको दृष्टिमा पश्चिमी शिक्षासँगै जति विजातीय कुराहरू हाम्रो देशभित्र प्रवेश गरेका छन्, तीमध्ये नास्तिकता एउटा हो । शिक्षितहरूमै नास्तिकताको प्रभाव अधिक परेको हुँदा समाज झन्झन् विकृतिउन्मुख भएको उनले देखे । मानिसले जीवनभन्दा जीवनको ज्ञानलाई महत्त्व दिन थालेको र सुखभन्दा सुखका साधनहरू बटुल्ने ध्याउन्न गर्न थालेको उनले देखे । संसारमा सुख छैन तर संसारको आसक्तिलाई त्याग्न कोही मानिस राजी हुँदैन । मानिसको दशा त्यही मृगको जस्तो भइरहेको छ जो मृगमरीचिकातिर निरन्तर दौडिरहन्छ र प्यासले व्याकुल भई छटपटाउँदै मृत्युवरण गर्छ ।

स्वास्थ-विज्ञान:- खप्तड बाबा

स्वामी सच्चिदानन्द सरस्वती पनि भनेर चिनिने उनको धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्यलगायतका झन्डै डेढ दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । विचार विज्ञान नामको कृतिमा उनले विचार बिजुलीभन्दा वेगवान र बलवान हुन्छ भनेका छन् । उनै बाबाले आफ्ना अन्तरंग शिष्यहरूलाई शब्दजालमा न जेलिनू भनी सुझाउँथे । जुन वस्तु जति शक्तिशाली हुन्छ, त्यसलाई सम्हाल्न उति नै जागरुकता र कुशलता चाहिन्छ । विचार शक्तिशाली हुन्छ, विचारमय जीवन झनै शक्तिशाली हुन्छ । जीवनलाई सम्हाल्न सक्नेहरू बुद्ध बन्छन्, नसक्नेहरू बर्बर बन्छन् । अरूले ओगटेको स्थान, वस्तु र समय हत्याउन दौड लगाइरहेको संसारको भीडमा जीवनलाई सम्हाल्न अवश्य सहज हुँदैन ।
त्यसैले स्वामी सच्चिदानन्द सरस्वतीले अधिकांश समय हिउँ जमिरहने खप्तडको लेक रोजे । त्यही लेकमा बसेर उनले बौद्धिक ज्ञान र दर्शनले भरिएका दर्जनौं कृति रचना गरे । यद्यपि उनको बौद्धिक या दार्शनिक योगदान खोज्ने सही ठाउँ ती कृतिहरू होइनन् । 

विचार-विज्ञान पुस्तक खप्तड बाबा ।

विचारमाथि विचार गनुभन्दा पहिले त यी प्रश्न नै उत्पन्न हुन्छन्– विचार के हो ? कहाँबाट उत्पन्न हुन्छ ? तथा विचारहरुको के प्रभाव पर्दछ ? विचारहरुमा कति शक्ति छ ? विचारको स्वरुप के हो ? के रङ्ग हो ? विचारहरुलाई बदल्ने उपाय के हो ? र त्यसबाट के लाभ हुन्छ ? वस्तुतः विचारहरुको विशेष रुप हुन्छ र रङ्ग पनि । यसै प्रकारले तिनमा जीवन शक्ति पनि हुन्छ । 

विचार तत्व अदृश्य छ र चर्म चक्षुद्वारा त्यो देख्न सकिदैन तापनि विचारहरुको उत्पत्ति परमाणुमय हुन्छ र ती परमाणु यति सूक्ष्म हुन्छन् भने तिनीहरुभन्दा सूक्ष्म र बेगवान् अन्य वस्तु संसारमा नै छैन । जुन वस्तु जति सूक्ष्म हुन्छ, त्यसको बल पनि उत्ति नै बढी हुन्छ । सबभन्दा सूक्ष्म हुनाको कारणले बिजुली आदि सारा वस्तुहरुभन्दा पनि विचारको नै बल बढी मानिएको छ । जड वस्तुभन्दा चेतन र सूक्ष्म वस्तुमा सदैव नै अधिक बल हुन्छ । जस्तो ढुङ्गाभन्दा माटो सूक्ष्म छ र माटोमा ढुङ्गभन्दा पनि अधिक बल छ । ढुङ्गभन्दा माटोमा जडता कम छ, त्यसैले ढुङ्गाको अपेक्षा माटोमा जीवनशक्ति धेरै छ । माटोभन्दा पानी अधिक सूक्ष्म छ, पातलो छ त्यसैले त्यो भन्दा पानी ज्यादा उपयोगी र बलवान्र छ । पानीभन्दा बाफ सूक्ष्म छ र बाफभन्दा वायु सूक्ष्म छ, बलवान् छ । वायुभन्दा आकाश अर्थात् शब्द सूक्ष्म छ र शब्दको गतिभन्दा प्रकाशको बल धेरै छ । प्रकाशको भन्दा विजुलीको बल बडी र सूक्ष्म छ । 

किराँत मुन्धुम पुस्तक नेपालीमा पढ्नुहोस ।

जीवनलाई कसरी डोहोर्‍याउने ? कसरी सु-संस्कृत, सभ्य र सुरुचीपूर्ण बनाउने ? यस सम्बन्धमा विभिन्न समुदाय, भूगोल अनुरुप आ-आफ्नै विशिष्ठ शैली हुन्छ । ‘मुन्धुम’ एक यस्तै दर्शनशास्त्र हो, जसले जीवन र जगतलाई समूचित ढंगले बुझाउँछ ।
राई, याख्खा, लिम्बु, सुनुवार अर्थात ‘किरात’ समुदायले सदियौं अघि खोज र विकास गरेको ज्ञान र सौन्दर्यको भण्डार हो यो । यसमा मानव जीवनले आदिम युगदेखि आधुनिक सभ्यतासम्म गरेको यात्राको वर्णन छ ।
मुन्धुमले मूलत चार पक्षलाई समेट्छ । एक, सृष्टि । यस अन्र्तगत मुन्धुमले सारा ब्रम्हाण्ड, आकास, पृथ्वी, जल, जीव, पंक्षी, वनस्पति र मानव सृष्टिबारे विस्तारमा बताउँछ । दुई, संस्कृति र संस्कार । अर्थात मुन्धुमले संस्कृति र संस्कारको विकास क्रमबारे वर्णन गर्छ । तीन, जीवन पद्धती । यसले जीवन पद्धतीको सिलसिला केलाउँछ । चार, धर्म संस्कार एवं विधी । यसले परम्परागत धर्म संस्कारबारे उल्लेख गर्छ ।

आधुनिक वैज्ञानिक VS वैदिक बैज्ञानिक: पुस्तक नेपालीमा

ऋग्वेद जस्ता वैदिक श्रुतिहरूको हरेक उल्था वा व्याख्या अत्यधिक विवादास्पद विषय बन्ने गर्दछ। त्यसका आफ्नै कारणहरू छन्। प्राप्त सीमित अनुवादहरूमा वेदमा उल्लेखित मन्त्रहरू सर्वसाधारणले बुझ्ने भाषामा उल्था वा भावार्थ खुल्ने गरी जब व्याख्या गरिन्छ तब त्यस विषयमा ज्ञान राख्ने विद्वान वर्गको समीक्षाको क्रममा विवादको घेरामा तानिन्छन्।

हरेक व्यक्तिमा वैदिक श्रुतिहरूको बुझाइमा फरक फरक अवधारणा बिकास हुनु र उनीहरूको धारणामा निजी मान्यताको भावनात्मक तथा अध्यात्मिक पक्ष समेत समीक्षाको क्रममा मिसिन पुग्नुले अनुवाद वा व्याख्याको पूर्णताको हदको सम्बन्धमा उक्त प्रकारका जटिलता निम्त्याउने गरेको छ।

विभिन्न रोगको उपचार: आयुर्वेद उपचार पुस्तक नेपालीमा ।

आयुर्वेद चिकित्सा प्रणालीको उत्पत्ति र विकास भारतवर्षमा भएको हो। वैदिककालभन्दा पहिले शुरू भएको आयुर्वेद विश्वकै सबैभन्दा पुरानो चिकित्सा प्रणाली हो। आयुर्वेद नेपालको मौलिक राष्ट्रिय चिकित्सा प्रणाली हो। ब्रह्माण्डका रचयिता अर्थात सृष्टिका प्रारम्भकर्ता ब्रह्मा(आयुर्वेदका प्रथम उपदेष्टा) स्वयंले स्मरण गरी एक हजार अध्यायमा एक लाख श्लोकयुक्त आयुर्वेदको रचना गर्नुभएको र उहाँबाट क्रमशः दक्षप्रजापति, अश्विनीकुमारद्वय तथा इन्द्रलाई प्राप्त भएको इतिहास पाइन्छ। धामी, झाँक्री, झारफुक, पण्डित-लामा-पुजारी-गुभाजु र ज्योतिषमा विश्वास गरी उपचार गराउने प्रचलन पनि नेपाली समाजमा परापूर्वकालदेखि चलिआएको पाइन्छ। 

दुर्गासप्तशती नेपालीमा

देवीमहात्म्य/चण्डी पाठ १३ अध्यायमा ७०० श्लोकबाट बन्दना गरिएको चण्डी पाठ मार्कण्डेय पूराणको दुर्गाबाट भएको महिषाशुर बधको साराशं हो | शाक्त संप्रदायमा यसको बिषेश स्थान छ | दुर्गासप्तशतीमा दुर्गालाई देहाय का ११ नामले बन्दना गरिएको छ |

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः 

अर्थात् जयन्तीमङ्गलाकालीभद्रकालीकपालिनीदुर्गा ,क्षमाशिवा,धात्रीस्वहास्वधा नामले प्रशिद्ध तपाईँलाई नमस्कार छ। उपर्युक्त श्लोक आद्यशक्ति महामाया भगवतीको स्तुतिका क्रममा वाचन गरिन्छ। साथै विजयादशमीका दिन टीका लगाई आशीर्वाद दिँदा पनि उक्त श्लोकको उच्चारण गर्दै शक्ति स्वरूपिणी भगवती दुर्गाको स्मरण गर्ने परम्परा छ। श्लोकमा उल्लेखित देवीका ११ नामको अर्थ पनि बेग्लाबेग्लै छन्। यी नामहरूका सन्दर्भमा धार्मिक विश्वास र आस्थाअनुरूपको किंवदन्तीहरू प्रचलित छन्।

दुर्गासप्तशतीको पारम्भमा ऋग्वेदीय देवीसूक्त रहेको छ। यसमा देवीको महìव दर्शाइएको छ। देवीको महत्ता, नीतिसँग सम्बन्धित कुरा, राष्ट्रियता, साम्राज्यवादी असुरहरूको विरोधको कुरा यस कृतिमा दर्शाएको छ। दुर्गा सप्तशतीमा आर्य जातिको सङ्गठन शक्तिको विधान बन्न सक्ने गरी प्रस्तुत छ। 

योगी नरहरिनाथको जीवनी पुस्तक :- विश्व केसी (फोखरेल)

योगी नरहरिनाथ नेपालका सपूत र सिद्ध गोरखनाथका अवतार हुन् । सिद्ध मत्स्येन्द्रनाथबाट नाथ सम्प्रदायको प्रवर्तन भएको हो । सिद्ध गोरखनाथले नाथ सम्प्रदायलाई व्यापक बनाइदिए । यसैगरी सिद्ध रतननाथले नाथ सम्प्रदायलाई अन्तर्राष्ट्रियकरण गरिदिए । सिद्ध मत्स्येन्द्रनाथको जन्म कामरूपदेश असमको मछुवाकुलमा भएको हो । कामरूपदेश सिद्ध मत्स्येन्द्रनाथको जन्मभूमि भएतापनि नेपाल उनको कर्मभूमि हो । नेपालका बौद्धहरू सिद्ध मत्स्येन्द्रनाथलाई पद्मपाणि बोधिसत्व र शैवहरू उनलाई शिवका रूपमा मान्छन् । सिद्ध गोरखनाथ र सिद्ध रतननाथ दुवै नेपाल माताका वरद पुत्रहरू हुन् । नेपाल गोरखाको गोरखनाथ गुफामा सिद्ध गोरखनाथको साधना स्थल हो । नेपालको गोरखाबाट नै सिद्ध गोरखनाथ भारतका विभिन्न क्षेत्रमा गएका हुन् । अहिले पनि भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरमा माघेसंक्रान्तिका दिन खिचडी चढाउँदा सबभन्दा पहिले नेपालको गोरखा दरबारबाट लगिएको खिचडी चढाएपछि मात्र गोरखनाथ मन्दिरका महन्त र त्यसपछि अरू भक्तजनले खिचडी चढाउने परम्परा छ ।

आत्मज्ञान पुस्तक :- खप्तड बाबा

खप्तड बाबाको जन्म १८८०, फेब्रुअरी १० (विसं १९३६, माघ २९) का दिन भारतको जम्मु–कश्मीरमा भएको थियो । उहाँले त्यो युगमा बेलायतमा गएर एलएमएस (लाइसेन्स अफ मेडिकल साइन्स) गर्नुभएको थियो । बेलायतमा पढेर फिरेपछि उहाँले जम्मु–कश्मीरकै एउटा अस्पतालमा काम गर्न थाल्नुभयो । कश्मीरमा डाक्टरका रूपमा कार्यरत रहँदै उहाँमा वैराग्य पलाएको थियो ।वैराग्यपछि ज्ञानको खोजीमा हिँड्नुभएका बाबाले केही समय बनारसमा अध्ययन गरेर बिताउनुभयो । त्यसबखत अन्य कहाँ, के गर्नुभयो यकिन छैन । तर, भागीरथी नदीको किनारमा रहेका एक महात्मा ज्ञानाश्रम सरस्वतीसँगको परिचयपछि उहाँबाटै बाबाले संन्यासको दीक्षा प्राप्त गर्नुभएको थियो । 
त्यसपछि बाबाको संन्यासी नाम रहन गयो– सच्चिदानन्द सरस्वती । यो तथ्य खप्तड बाबाले ‘विचार विज्ञान’ किताबको भूमिकामा उल्लेख गर्नुभएको छ ।

नारी धर्म र पूरुष धर्म :- खप्तड बाबा ।

०३८ सालको वसन्त ऋतुको कुनै घमाइलो दिन। काठमाडौंबाट करिब डेढ घन्टाको दुरी पार गरेर सुदूर पहाड पुगेको हेलिकप्टर कर्णाली र बुढीगंगा नदीपार गर्दै बाजुरामाथि आइपुग्छ। खप्तडको आकाश थर्काउन थाल्छ। गति कम गरेर त्यो यान बिस्तारै अवतरणको तयारीमा लाग्छ।  खप्तडको मध्यभागमा रहेको टाकुरामा बनेको आश्रमको आँगनमा बनाइएको हेलिप्याडमा रोकिन्छ। हेलिकप्टरको रोटर घुम्ने क्रम रोकिएपछि रानी ऐश्वर्यसँगै राजा वीरेन्द्र मुस्कुराउँदै ओर्लिन्छन्। आँगनमा स्वागत गर्न आएका पहेँला वस्त्रधारी खप्तड बाबालाई श्रद्धापूर्वक नमस्कार गर्छन्। अनि सुरू हुन्छ आँगनमा खप्तड स्वामी र राजा वीरेन्द्रबीच भलाकुसारी, विचार मन्थन अनि सत्सङ्ग।

यो सुदूरपश्चिम नेपालको आभूषणका रूपमा रहेको खप्तडको चालीस वर्षअघिको विगतको एक छोटो काल्पनिक सम्झना मात्र हो।

अष्टावक्र गीता नेपालीमा :- देवीप्रसाद प्रसाईँ

देवीप्रसाद प्रसाईँ :- भगवद्गीताको तुलनामा अष्टावक्र गीता अत्यन्त कम प्रसिद्ध छ तर यसमा रहेको अध्यात्मिक तथा 
दार्शनिक पाटो भने धेरै नै विशिष्ट छ । धेरैको मतमा अष्टावक्रगीता जीवनको रहस्यलाई अत्यन्त सरलताकासाथ उद्घाटित गर्ने ग्रन्थ हो । किंवदन्ती अनुसार शारीरिक रूपमा कुरूप रहेका र कलिलो उमेरका युवा अष्टावक्रले राजा जनकलाई गरेको आत्मज्ञानोपदेश यसमा छ । यसका विभिन्न भाषमा अनुवाद भएका छन् । ती मध्ये राधाकमल मुखर्जी र स्वामी चिन्मयानन्दका अंग्रेजी अनुवादहरू विशेष प्रसिद्ध छन् । अष्टावक्रगीता माथिको ओशो रजनीशको प्रवचन पनि विशेष चर्चित छ । नेपालीमा पनि अष्टावक्रगीताको अनुवाद उपलब्ध छ । यसका नेपाली अनुवादक देवीप्रसाद प्रसाईँले आफ्नो अनुवादको भूमिकामा मोक्षप्राप्तिको सबैभन्दा सजिलो सिँढीका रूपमा चित्रित गरेका छन् । अष्टावक्रगीताको प्रारम्भमै अष्टावक्र भन्छन् — मुक्तिमिच्छसि चेत्तात विषयान् विषवत् त्यज क्षमार्जवदयातोषसत्यं पीयूषवद् भज ।। अर्थात् तिम्रो मुक्तिको कामना तबमात्र पूरा हुन्छ जब तिमी सांसारिक भोग विलासलाई विषलाई झैँ त्याग गरी क्षमा, उदारता, दया र सन्तोषलाई सेवन गर्दछौ ।

नेपाल महात्म्य पढ्नुहोस।

प्रा. डा. राजेन्द्र सुवेदी;-  नेपाल विश्वका विभिन्न राष्ट्रहरूमध्ये पुरानो इतिहास र अस्तित्व बोकेको राष्ट्र हो । आधुनिक नेपालको निर्माण हुनुभन्दा अगाडिको स्थितिमा यहाँको भूराजनीति अनेक राजा रजौटाहरूको अधीनस्थ थियो ।

तैपनि यहाँको परिचय पशुपतिनाथ, गोरखनाथ, मुक्त्तिनाथ, चन्दननाथ आदि इष्टदेवको संरक्षणमा चलेको थियो । ती मुलुकहरूमा आधिदैविक र आध्यात्मिक आस्थाको अनुशासन कायम थियो । यिनै निष्ठा र आस्थाका अनुशासनबाट युगौदेखि परिचालित बन्दै आएका यस मूलुकको भूसंरचनाले पनि प्राचीन हुन मदत गरेको छ . हिमालयको काखमा अवस्थित भहाभारत पर्वत श्रृङ्खला चुरे पहाडको बिचमा रहेका भूभागमा नै यस क्षेत्रका मानिसको अस्तित्व आरम्भ भएको कुरा आज अनेक अध्ययनहरूबाट पुष्टि हुँदै गएको थियो । वैज्ञानिक र वस्तुगत तथ्य पनि के हो भने पहाडी धरातलमा स्थलचर जीवको विकास र मानव अस्तित्व कायम भइसक्ता र त्यहाँ विशिष्ट सभ्यताको स्थापना भइसक्दा पनि आजको दक्षिणतर्फको समतल भाग जलामय भएका कारण मानव अस्तित्व आइनसकेको सन्दर्भलाई चिन्तकहरूले आफ्नो समाजविज्ञान अध्ययनको विषय बनाएका छन् ।

पूर्णीमा वर्ष १ देखि वर्ष १२५ सम्मका सबै १०० अङ्क हेर्नुहोस : संसोधन मण्डल

गोविन्द न्यौपाने:-  शासनकालको नेपाल ज्ञान–विज्ञानका दृष्टिले अँध्यारो युगमा थियो। एकातिर शिक्षाको क्षेत्रमा नेपाल पछाडि थियो भने अर्कातिर राणाहरूको विलासी शैली र भारतलाई शासन गरिरहेको अंग्रेजपरस्त नीतिका कारण मुलुकको भविष्य नरहेकाले परिवर्तन आवश्यक रहेको त्यसवेलाका पढे–लेखेका युवाहरूमा सोच थियो। सचेत युवाहरू प्रत्यक्ष–अप्रत्यक्ष रूपमा राणा विरोधी अभियानमा लागिसकेका थिए। भारतमा अंग्रेज शासन ढले पनि नेपालीलाई अर्को औपनिवेशिक शक्तिले खाने खतरा थियो। किनकि औपनिवेशिकताको बीजारोपण भारतीयहरूले अंग्रेजबाट सिकिसकेका थिए। आफ्नोपन जोगाउन सकिएन भने विदेशी शक्तिले नेपाललाई कहिल्यै उठ्न नसक्ने बनाउँछ भन्ने सोच शिक्षित युवाहरूमा थियो। परिवर्तनको आकांक्षी र स्वपहिचान खोज्ने तिनै युवामध्ये एक थिए नयराज पन्त, जो इतिहास संशोधन मण्डलका संस्थापक र इतिहास लेखनका हस्ती थिए।
पूर्णिमाका सम्पुर्ण भागहरु तल हेर्नुहोस। 

बृहत नेपाली शब्दकोष हेर्नुहोस ।

भाषा सबैका लागि एउटा महत्वपूर्ण चिनारी हो । त्यसैले त भाषामा प्रयोग हुने शब्दका आ-आफ्नै अर्थ हुन्छन् ।त्यसो त एउटै शब्दले पनि समय र सन्दर्भ अनुसार फरक भाव बोकिरहेको हुन्छ । यस्तो अवस्थामा सञ्चारको पूर्णताका लागि समेत शब्दको अर्थ बुझ्नु सबैका लागि महत्वपूर्ण विषय हुन जान्छ । नेपालजस्तो बहु जाती, भाषा, धर्म र संस्कृति भएको देशमा भाषा र त्यसमा प्रयोग हुने शब्दले छुट्टै महत्व राख्छ । यहाँ समुदाय अनुसार कतिपय शब्दले दिने भाव पनि फरक फरक हुनपुग्छ । त्यसैले त नेपालको शब्दभण्डार नै ठूलो छ ।

नेपालमा प्रयोग हुने शब्दको संख्या लाखौंमा छ । यीनै शब्दहरुको संकलन गरेर नेपाल प्रज्ञा प्रतिष्ठानले विक्रम सम्बत् २०४० सालदेखि नेपाली बृहत् शब्दकोश प्रकाशन गर्दै आएको छ । जुन नेपाली भाषाको आधिकारिक शब्दकोश समेत हो । यो शब्दकोश समयक्रमसँगै विभिन्न चरणमा संशोधन, परिमार्जन र पुनःमुद्रण हुँदै १० औं संस्करणमा आइपुगेको छ । प्रतिष्ठानका अनुसार हालसम्म यसमा ६५ हजार भन्दा बढी शब्द रहेका छन् । यसको मुद्रण प्रति नै ६० हजारभन्दा बढी बिक्री भइसकेको छ ।

योगी नरहरिनाथको सम्पुर्ण अडियो भाषण तथा प्रवचन

योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ गते आइतबारका दिन कालीकोट जिल्ला, तत्कालीन ठाँटीकोट गाउँ विकास समिति, वडा नं. ७, लालुलोखाडा, चाखा, लालुगाउँका भारद्वाजगोत्रीय ललितसिंह ऋक्सेन थापा र माता गौरीदेवी (आत्रेयगोत्री) को माइला पुत्रको रूपमा भएको थियो ।
आठ वर्षकै उमेरमा ब्रतवन्ध गरिएका बलवीरसिंह ऋक्सेन थापाले वि.सं. १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग सन्न्यास लिएपछि मात्र उनको नाम योगी नरहरिनाथ रहन गएको थियो अध्ययन पूरा गरेपछि उनी'गौहत्या निषेध आन्दोलन' एवं भारतको स्वतन्त्रता संग्राम सत्याग्रहमा होमिए । यस क्रममा उनी पटकपटक लाहौरको मल्तान, शिन्ध, पञ्जाब, दिल्ली र कलकत्ताका कारागारहरूमा थुनिए ।

रामायण नेपालीमा पढ्नुहोस।

आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भएको कुरा उनका समग्र रचनाले पुष्टि गरेको छ । संस्कृतभाषामा लेखिएको अध्यात्मरामायणमा छन्दगत विविधता भेटिए पनि अनुष्टुप्छन्दको बाहुल्य छ तर आदिकविले आफ्नो रामायणमा शिखरिणी, मन्दाक्रान्ता, वंशस्थविलं, मालिनी, स्रग्धरा जस्ता १३ वटा शास्त्रीयछन्दको अनुपम उदाहरण प्रस्तुत गरेका छन् भने शार्दूलविक्रीडित छन्दलाई सबभन्दा बढी प्रयोग गरेका छन् । जसले गर्दा शार्दूलविक्रीडित छन्दलाई नेपाली जनमानसले भानुभक्तको छन्दसमेत भन्ने गरेको पाइन्छ ।
अनुष्टुप् जस्तो सामान्य छन्दमा लेखिएको संस्कृत श्लोकको भावानुवादलाई स्रग्धरा जस्तो अत्यन्त लामो छन्दमा बदल्न सक्नु र त्यसमा पनि अनुप्रास अलङ्कारादि गुणले सजाउनु भानुभक्तको काव्यकौशल हो । यहा केही पत्रपत्रिका र भानुसम्बन्धी कृतिहरूका आधारमा भानुभक्त सम्बन्धी/उनका कृतिहरूका बारेमा लेखिएका रचनाहरूबाट कतिपय शीर्षक र लेखकहरूको नाम उल्लेख गरिएको छ ।

राज्यराष्ट्र" State-Nation" पुस्तक:- बौद्धिक नेपालीले पढ्नै पर्ने

हामीले अहिलेसम्म विश्वविद्यालय, लोक सेवा,विद्यालय आदिको पाठ्यक्रममा राष्ट्रनिर्माणको एकमात्रा सिद्धान्त" राष्ट्रराज्य" Nation-State" पढियो र पढाईयो।जुन युरोपकेन्द्रीत हो र अहिले गतार्थ भैसकेको छ । नेपाल केन्द्रमा राखेर नेपालीले प्रतिपादन गरेको नया " राज्यराष्ट्र" State-Nation" सिद्धान्तले अहिले सम्मको विश्व प्रतिमान नै परिवर्तन गरेको छ। नेपाल प्राचिनकाल देखिनै राज्यराष्ट्र थियो र अबको विश्वको समग्र समस्याको एकमात्र हल " राज्यराष्ट्र" रहेको छ।

वेदमा भूमिलाई, पृथिवीलाई माता भनिएको छ (ऋक्. १०।१८।१०, यजु. ९।२२, अथर्व. १२।१।१०, १२।१।१२, १२।१।६२, १२।१।६३) । “राष्ट्र”, “राष्ट्रियता”, “राज्य” बारे प्रत्यक्षतः वा परोक्षतः प्राचीनकालदेखि नै चिन्तन हुँदै आएको छ । उक्त चिन्तनको परम्परामा विभिन्न दृष्टिकोण रहेका छन् । युरोप–केन्द्रित प्रतिमानअनुसार प्रजाति, जाति, सम्प्रदाय, समुदाय, भाषा आदिलाई “राष्ट्र” को परिभाषामा प्राथमिक मानी कित्ताकाट गर्ने सोचले “राष्ट्रराज्य”(Nation State), “द्वि–राष्ट्रिय राज्य”(Two-Nation State), “बहु–राष्ट्रिय राज्य” (Plurinational State / Multi-Nation State) जस्ता अवधारणा अगाडि आए ।

सम्पुर्ण निर्णय शिन्धु नेपालीमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा माधवप्रसाद भट्टराईका अनुसार सबैभन्दा धेरै जुठो बार्नुपर्ने आमा–बुबा र पतिको मृत्युमा एक वर्ष हो । त्यसपछि पत्नीको तीन महिनासम्म, भाइ र छोराको ४५ दिनसम्म र सपिण्डीको एक महिनासम्म विशेष आशौच (जुठो) लाग्ने गर्छ । यो समयभित्र छोराछोरीको बृद्धिकर्म (चूडाकर्म, उपनयन र विवाह) गर्नुहुँदैन । त्यसपछि आशौच अनुसार विनायक एवं श्री शान्ति गरेर मात्रै मांगलिक कृत्य गर्नुपर्छ  हिन्दू संस्कार अनुसार मानिसको जन्मभन्दा अघि नै सुरु हुने १६ वटा संस्कार मानिसको मृत्युपछि मात्रै पूरा हुन्छ । यी १६ संस्कार मध्ये जन्म र मृत्यु संस्कारको समयमा परिवार र कूलका मानिसहरु अपवित्र हुने मान्यता छ । जन्म र मृत्युको केही समयसम्म देवकार्य र पितृकार्य जस्ता मांगलिक कामहरुमा प्रतिबन्ध लगाईएको हुन्छ । जसमध्ये कुनैपनि परिवारमा नयाँ व्यक्तिको जन्म भएको बेलामा १० दिनसम्म सूतक मान्ने गरिएको छ । मृत्युको समयमा सम्बन्ध अनुसार जुठो बार्ने गरिएको छ । यही कारणले नै हिन्दू संस्कार व्यवस्थामा पुस्तौपुस्तासम्मका मानिसहरुबीच समेत भातृत्वको भावना पाईन्छ । महत्वपुर्ण निर्णय शिन्धु नेपालीमा- भाग १,२,३,४,५,६,७,८,९,१०।

वैदिक सनातनीले नित्य गर्नु पर्ने पुजापाठ मन्त्र :- नेपालीमा

नित्य कर्म भन्नले विहान जागा भए देखि प्रातः कालिन सदाचर कर्म लगायत वेलुका सयन सम्मका आध्यात्मिक कर्महरु पर्दछन् । यथार्थमा स्वधर्म हो र जिउने कला पनि हो । एउटै मातापिता बाट जन्म भएका वालकको शिक्षादिक्षा लालनपोषण समान हुँदापनि ब्यक्तिगत स्वभाव फरकफरक हुन्छन् । कोहि  स्वस्थ्य कोहि रोगी,कोहि धनि कोहि गरीव हुन्छन् । यसवाट यो थाहा हुन्छ कि जन्मान्तरिय अदृष्टरुप नै मानिसको जीवनको कारण बनेको हुन्छ । 
मानिसले दिनको तेइस घण्टा आफुलाई राखेर एक घण्टा भगवानकालागि दिनु पर्दछ । प्रत्तेक दिन श्रध्दा र निष्ठा भावले सदाचारमा रहेर दिनको एक घण्टा परमात्माको आराधना गर्नाले बाँकी तेइस घण्टा हाम्रा लागि सुभदायक हुन्छन । जस्का प्रभावले मन शान्त हुन्छ । बुध्दि निर्मल हुन्छ ।

८४ पूजा विधि नेपालीमा

चौरासी पुजाको आध्यात्मिक महत्व छ: हिन्दूहरूमा मान्छेहरूको ८४ वर्ष उमेर पुगेपछि पुजा गरिन्छ, यसलाई ८४ पुजा भनिन्छ । ८४ वर्ष भनेको चन्द्रमाले पृथ्वीलाई १००० चक्कर पूरा गरेको हो । जव चन्द्रमाले पृथ्वीको १००० चक्कर पूरा गर्छ मानिसको पृथ्वीसंगको अट्याचमेन्ट कमजोर भई टुट्छ र उ स्वतन्त्र हुन जान्छ ।
त्यसपछि पुनर्जन्म भएको, वा मोह त्याग भएको महसुस हुन थाल्छ । त्यही कारणले ८४ वर्ष वा १००० चन्द्र चक्कर पूरा हुदा विशेष कर्मकाण्ड गरिने परम्परा चलेको हो । नयॉ जिवनको पुन: सुरूवातको उत्सव हो । 

त्यसपछि पुनर्जन्म भएको, वा मोह त्याग भएको महसुस हुन थाल्छ । त्यही

हनुमान चालिसा नेपालीमा

भनिन्छ, आध्यात्मिक बलले नै आत्मिक बल प्राप्त हुन्छ र आत्मिक बलले नै शारीरिक बल प्राप्त गर्छ । यसरी वाह्य तथा भित्री रोगसँग लड्नका लागि शरीरलाई सक्षम तुल्याउँछ । प्रतिदिन हनुमा चालिसा पाठ गर्दा मन र मस्तिष्कमा आध्यात्मिक बल प्राप्त हुन्छ । पौराणिक पात्र हनुमान आफैमा बल एवं शक्तिको प्रतिक हुन् । 

हनुमान चालिसा पाठ गरिरहँदा बल एवं शक्ति प्राप्त भएको अनुभूत गर्छौं । मनोबल बढाउँछ नित्य हनुमान चालिसा पढ्दा पवित्रताको भावना विकास हुन्छ र हाम्रो मनोबल उच्च हुन्छ । मनोवल उच्च रह्यो भने सानोतिनो संकटले विचलित बनाउँदैन । हनुमान चालिसाको एक पक्ति छ, अष्ट सिद्धि नव निधि के दाता, असवर दिन जानकी माता । अकारण तनाव वा भय हटाउँछ हनुमान चालिसामा एउटा पंक्तिमा लेखिएको छ, नासै रोग हरे सब पीरा, जपत निरन्तर हनुमत बीरा । बल बुधि विद्या देहु मोहिं, हरहू कलेस बिकार । अर्थात कुनैपनि प्रकारका रोग होस् बस तपाईं श्रद्धापूर्वक हनुमानजीको जप गर्नुहोस् । श्रद्धा वा विश्वासमा पनि ताकत हुन्छ ।

श्री स्वस्थानी ब्रत कथा नेपालीमा

श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।
विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ । 

बडा महाराजधिराज पृथ्वी नारायण शाहको चिना लगायत महत्व पुर्ण अभिलेख।

भाग १ पृथ्वीनारायण शाह: नेपाल एकीकरण गर्दा स्थापित सेनाका पाँच एकाइ कुन हुन् र अहिले कहाँ छन्
। आधुनिक नेपालको एकीकरण अभियानमा युद्धको अग्रमोर्चाको आफैँ नेतृत्व गरेका राजा पृथ्वीनारायण शाहले नेपाली सेनाभित्र साङ्गठनिक जग निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेलेको अभिलेख पाइन्छ। 
अढाई सय वर्ष लामो शाहवंशीय शासन अन्त्य भएर मुलुकमा गणतान्त्रिक शासनकालको १२ वर्ष नाघिसकेको छ। तर राष्ट्रनिर्माता भएकाले र नेपाल स्थापना गर्न पुर्‍याएको योगदानका आधारमा नेपाली सेनाले अझै पनि पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्दै आएको बताएको छ। आफ्ना प्रत्येक एकाइका कार्यालयहरूमा पृथ्वीनारायण शाहका तस्बिर राख्दै आएको नेपाली सेनाले सोमवार ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७’ को अवसरमा आफ्नो मुख्यालय जङ्गी अड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरेको छ।

चाणक्य नीति नेपालीमा

चाणक्य नीति चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरु लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरु रहेकाले यो पूरा विश्वभरमा पढ्ने गरिन्छ; यसमा आदर्श व्यवहार यथार्थको सुन्दर तरिकाले समन्वय गरिएको छ ।

 चाणक्य नीति आचार्य विष्णुगुप्त चाणक्य वा कौटिल्य रचित नीति ग्रन्थ चाणक्य नीति दर्पण व्यावहारिक जीवनका लागि श्रेष्ठ मार्गदर्शक नीति मानिन्छ । यसमा बताइएका नीतिहरूको दैनिक जीवनमा कति व्यावहारिकता छ, त्यो कुरा सो ग्रन्थको अध्ययनले स्पष्ट गर्छ ।

गरूड पुराण नेपालीमा

गरूड पुराण वैष्णव सम्प्रदायसित सम्बन्धित छ र सनातन धर्ममा मृत्युपछि सद्गति प्रदान गर्ने मानिन्छ। यसकारण सनातन हिन्दू धर्ममा मृत्युपछि गरुड पुराण श्रवणको प्रावधान छ। यस पुराणका अधिष्ठातृ देव भगवान् विष्णु हुन। यसमा भक्ति, ज्ञान, वैराग्य, सदाचार, निष्काम कर्मको महिमाका साथ यज्ञ, दान, तप तीर्थ आदि शुभ कर्ममा सर्व साधारणलाई प्रवृत्तगर्नका निम्ति अनेक लौकिक र पारलौकिक फलको वर्णन गरिएकोछ।

यसका अतिरिक्त यसमा आयुर्वेद, नीतिसार आदि विषयका वर्णनको साथ मृत जीवको अन्तिम समयमा गरिने कृत्यको विस्तारसित निरूपण गरिएकोछ। आत्मज्ञानको विवेचन पनि यसको मुख्य विषय हो। [१] अठारह पुराणमा गरुडमहापुराणको आफ्नो अलग्गै विशेष महत्त्व छ। यसका अधिष्ठातृदेव भगवान् विष्णु हुन। अतः यो वैष्णव पुराण हो। गरूड पुराणमा विष्णु-भक्तिको विस्तारसित वर्णन छ

मोहिनी विद्या नेपालीमा पढ्नुहोस

९ वटा तन्त्रमन्त्र शक्ति मध्य एक मोहीनि विधि पनि एक हो।  नेपालीमा भन्नू पर्दा वशीकरण भनेको अरु मानिसलाई कुनै तन्त्र,मन्त्र वा दैविय शक्तीवाट आफ्नो वशमा पार्नु हो।यसको दोस्रो नाम भनेको मोहिनी विद्या हो।मोहिनी भनेको त धेरैलाई थाहा नै छ यो वशीकरण भनेको नि लगभग त्यस्तै हो।वशीकरण गरेर कुनै व्यक्तीको सोच विचार देखि ज्यान शरीर सम्म नै आफ्नो अधिनमा पार्छ। 

मोहिनी भनेको कुनै व्यक्तीलाई आफू प्रती मोहित गर्नु हो भने यो वशीकरण चाहिँ पुरै आफ्नो ईच्छा अनुसार चलाउने विद्या हो भनिन्छ।पहिले पहिले यो विद्या भूत,प्रेत आदिलाई वशमा पर्न प्रयोग गरिन्थ्यो पछि विस्तरै अलग्गिएर बसेको श्रीमान श्रीमतीको सम्बन्ध राम्रो बनाउन प्रयोग गरिन थाल्यो भने

श्राद्ध र तर्पण विधि:- नेपालीमा

श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट अर्थ्याए पनि मूलतः यसले इङ्गित गर्न खोजेको अर्थ एउटै हो- पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु । जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिएको छ । यसैगरी उनीहरूको मृत्यु हुँदा शरीरलाई दाहसंस्कार आदि क्रिया गर्नु एवं अज्ञातस्थलमा पुगेका पितृहरूको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि उसको कर्तव्य मानिएको छ। वेदादि आफ्ना शाखाका शास्त्र हरूले बताएका विधि विधानअनुसार आफ्ना पितृहरूका निमित्त गरिने पैतृक कर्म नै श्राद्ध हो |
श्रद्धया क्रियते इति श्राद्धः |अतःआफ्ना पुर्खाद्वारा ग्रहण गरिएको वेदशाखा सम्बद्ध गृह्यसूत्र निर्देशित भएर गरिने कार्यलाई नै श्राद्ध भनिएको हो | पितृकार्यं द्विजातीनां देवकार्याद्विशिष्यते- पितृकार्य अन्य देवकार्यको

उपनिषद: ९ वटा (हिन्दिमा ब्याख्या)

उप–नी–षद् को अर्थ हुन्छ गुरुको चरण नजिकआसनमा बस्नु । उपनिषदहरूलाई श्रुति पनि भनिन्छ किनभने उपनिषदहरूलाई वेदको ज्ञानकाण्ड मानिन्छ । वेदको अन्त मानिएकोले वेदान्त पनि भनिन्छ । जंगलको एकान्तमा शिष्यको जिज्ञासा मेटाउन रचना गरिएका ग्रन्थ भएकोले यिनीहरूलाई आरण्यक पनि भनिन्छ । उपनिषदमा जीवनको सबभन्दा गूढ विषय छलफल गरिएकोले उपनिषदलाई रहस्यविद्या पनि भनिन्छ । उपनिषदहरु हिन्दु र बौद्ध अध्यात्म दर्शनका आधार भएकोले अध्यात्म विद्या पनि भनिन्छ । 
सुफि दर्शनमा उपनिषद्को निकै प्रभाव परेको हुनाले यसलाई हिन्दू तथा इस्लाम धर्मको सेतुको रूपमा पनि मान्न सकिन्छ। सबैभन्दा लामो बृहदारण्यक उपनिषद्, सबैभन्दा पुरानो छान्दोग्य उपनिषद्, र सबैभन्दा सानो माण्डूक्य उपनिषद् हो।

मुहुर्त: चिन्तामणी

हिन्दू पञ्चाङ्ग हिन्दू समाजद्वारा मानिने क्यालेन्डर हो। यसका भिन्न-भिन्न रूपमा यो लगभग पूरा भारतमा मानिन्छ। पञ्चाङ्ग नाम पाँच प्रमुख भागहरूबाट बनेका हुनको कारण छ, यो छ पक्ष, तिथी, वार, योग र गर्ण। एक सालमा १२ महिना हुन्छन्। प्रत्येक महिनमा १५ दिनका दुई पक्ष हुन्छन्, शुक्ल र कृष्ण।पञ्चाङ्ग (पंच + अङ्ग = पाँच अङ्ग) हिन्दू काल-गणनाको रीतिदेखि निर्मित पारम्परिक क्यालेन्डर वा कालदर्शकलाई भन्दछन्।

 पञ्चाङ्ग नाम पाँच प्रमुख भागहरूबाट बनेका हुनको कारण छ, यो छ- तिथि, वार, नक्षत्र, योग र करण। यसको गणनाका आधारमा हिन्दू पञ्चाङ्गको तीन धाराहरू छन्- पहिलो चन्द्र आधारित, अर्को नक्षत्र आधारित र तेस्रो सूर्य आधारित क्यालेन्डर पद्धति। भिन्न-भिन्न रूपमा यो पूरा भारतमा मानिन्छ।

ज्योती:सार: नेपालीमा पढ्नुहोस

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो।

वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ।

कक्षा ९ र १०को कर्मकाण्ड पाठ्यक्रम:- सनातन चौतारी

नेपालमा संस्कृत शिक्षा अन्तर्गत पढाई हुने ९ र १० कक्षाको कर्मकाण्ड पाठ्यक्रम। यसमा अग्नीस्नथापना विधि, सामान्य होम विधि, अन्नसंस्कार(पाश्नी),  नामसंस्कारविधि (न्वारान) पन्चगब्य विधि रेखि कसरी हाल्ने विधि लगायत विधि छन। संस्कृत र नेपालीमा ब्यख्या सहित। पुरा पाठ्यक्रम पढ्न तल PDF फाईल हेर्नुहोस। 
खासगरी वेद उपनिषद्मा आधारित शिक्षाको प्रचारप्रसार भएको पाइन्छ । नेपालको प्राचीन कालमा मूलतः शिक्षा प्रणाली पुस्तौनी दिमागी हस्तान्तरणमा आधारित थियो ¤ त्यतिबेलाको पाठ्यक्रमको रूपरेखा भन्नु आमा, बाबु र समाजको चिन्तन एवं कार्यशैली हो । शिक्षाको मुख्य उद्देश्य नै आध्यात्मिक विचारको विकासबाट जनतामा चेतना जगाउनु रहेको थियो । पाठ्यक्रममा आधारित पढाइ हुने विषयवस्तुमा संस्कृत भाषा, साहित्य, ज्योतिषशास्त्र र आयुर्वेदिक प्रमुख विषय थिए ।

भागवत गीता नेपालीमा पढ्नुहोस:- सनातान चौतारी

पहिलो भागमा कृष्ण रिमाल द्वारा लेखिएको श्रीमद्भभगवत गीता सार पढ्न सक्नुहुन्छ भने दोस्रो भागमा समपुर्ण गीता संस्कृत र नेपालीमा ब्यख्या पिडिफमा पढ्नु सक्नुहुन्छ। प्रथम अध्याय- सैनिकहरूको लेखा जोखा दुबै पट्टीका सेनाहरू सबै आफन्त भएकोले सत्य र असत्य बीचको यो लडाईंमा अर्जुन बिचलित भएको र लडाईंमा कमजोर भएको अवस्था। आखिर मन न हो अर्जुन को कोमल मनले आफन्तहरु बिच युद्ध गर्न उचित ठानेन बरु असत्यको जित होस् भन्ने मानसिकतामा उनि अल्झिरहेका थिए भगवान श्री कृष्णले सल्लाह सुझाब दिनु भन्दा पूर्व…दोश्रो अध्याय - गीताको सार यो शरीरधारी आत्मा जसरि बाल्यकालबाट युबाबस्था, युवाबस्थाबाट बृद्धाबस्था सर्केझै फरक फरक शरीरमा सर्छ। दु:ख सूख गर्मी जाडो आउने जाने अस्थाइ कुरा हुन यस्ता कुराहरुलाई हरेक मानिसले बिचलित नभैकन सहनु पर्दछ।

पुरा महाभारत नेपालीमा पढ्नुहोस।

महाभारतको प्रथम अध्याय अनुसार यो महाकाव्य ऋषि वेद व्यास (जो स्वयं यस महाकाव्यका एक प्रमुख पात्र हुन) द्वारा बोलेर, भगवान गणेशद्वारा लेखाइएको हो। वेदव्यासलाई महाभारत पूरा रचनमा ३ वर्ष लागेको थियो,  त्यस कालमा ऋषिहरूद्वारा वैदिक ग्रन्थहरूलाई एक पुस्ता देखि अर्को पुस्तासम्म परम्परागत मौखिक रूपदेखि याद गरेर सुरक्षित रखिन्थ्यो। त्यस समय संस्कृत ऋषिहरूको भाषा थियो र ब्राह्मी सामान्य बोलचालको भाषा थियो।
महाभारतमा चन्द्रवंशीहरूका दुई परिवारहरू कौरव र पाण्डवका बीच भएको युद्धको वृत्तान्त छ।१०० कौरव भाइहरू र ५ पाण्डव भाइहरूका बीच राज्य वा भूमिका लागि जुन सङ्घर्ष भयो त्यही कारण अन्तत: महाभारत युद्धको सृजना भयो।

महाभारत ग्रन्थ नेपालीमा पढ्नुहोस 
यहा भाग १ २ ३ ४ ५ ६ ७ गरेर पुरा पढ्न सक्नुहुन्छ। 

आशौच / सूतक (सुत्केरी) र जुठो (मूत्यु ) निर्णय :- निर्णय शिन्धु (नेपालीमा)

१) सूतक (सुत्केरी) निर्णय: क) ६ महिनासम्मको गर्भस्राव भए (तुहे) आमालाई जति महिनाको गर्भ तुहेको हो त्यति दिन नछुने । बाबु र सपिण्डिलाई ४ महिनासम्मको भए न्वाहे शुद्ध हुन्छ र ५,६ महिनाको भए ३ दिन लाग्छ । ख) ७ महिनादेखि पूरा १० दिन बार्नुपर्छ र सुत्केरीलाई १० दिन छुनु हुँदैन। ग) नाल नकाटी मरे सपिण्डिलाई ३ दिन र सुत्केरीलाई १० दिन, नाल काटेपछि मरेको भए पूरै १० दिन । घ) माइतमा सुत्केरी भए बाबु र दाजुभाइलाई १ दिन । म्यान नाघेपछि सुनेको सूतक बार्नु पर्दैन ।

२) जुठो (मूत्यु )निर्णय : आजैको दिन र रात . १ दिन ।
दिनभर वा रातभर – सज्योति ।
२ दिन १ रात वा १ नि २ रात . पक्षिणी ।