Showing posts with label नित्य पुजापाठ मन्त्र. Show all posts
Showing posts with label नित्य पुजापाठ मन्त्र. Show all posts

वैदिक सनातनीले नित्य गर्नु पर्ने पुजापाठ मन्त्र :- नेपालीमा

नित्य कर्म भन्नले विहान जागा भए देखि प्रातः कालिन सदाचर कर्म लगायत वेलुका सयन सम्मका आध्यात्मिक कर्महरु पर्दछन् । यथार्थमा स्वधर्म हो र जिउने कला पनि हो । एउटै मातापिता बाट जन्म भएका वालकको शिक्षादिक्षा लालनपोषण समान हुँदापनि ब्यक्तिगत स्वभाव फरकफरक हुन्छन् । कोहि  स्वस्थ्य कोहि रोगी,कोहि धनि कोहि गरीव हुन्छन् । यसवाट यो थाहा हुन्छ कि जन्मान्तरिय अदृष्टरुप नै मानिसको जीवनको कारण बनेको हुन्छ । 
मानिसले दिनको तेइस घण्टा आफुलाई राखेर एक घण्टा भगवानकालागि दिनु पर्दछ । प्रत्तेक दिन श्रध्दा र निष्ठा भावले सदाचारमा रहेर दिनको एक घण्टा परमात्माको आराधना गर्नाले बाँकी तेइस घण्टा हाम्रा लागि सुभदायक हुन्छन । जस्का प्रभावले मन शान्त हुन्छ । बुध्दि निर्मल हुन्छ ।