Showing posts with label पुरातत्व. Show all posts
Showing posts with label पुरातत्व. Show all posts

श्रीमत्स्यनाथ:- कुलचन्द्र कोईराला

हिन्दु धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् । लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्‍यो ।

दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्‍यो । सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए । सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ ।

हिमाली लोक साहित्य- योगी नरहरिनाथ

हिमाली जिल्लाका नागरिकको जीवन र जिविका गहुँ, फापर, उवा, केराउ, साग, आलु लगायतसँग जोडिन्छ । चौंरी, भेंडा, च्याङ्ग्रा, गाई, घोँडा, हिमाली नागरिकका सुखदु:खसँग जोडिएका छन् । गएको हिउँदमा परेको भारी हिमपातले सयौं चौंरी, भेंडा, च्याङ्ग्रा, गाई, घोँडा सखाप पारिदियो ।
सबैभन्दा बढी क्षति उपल्लो मुस्ताङले नै बेहोर्‍यो । हिमाली जिल्लाका नागरिक चौंरी लगायतका जनावारसँग कसरी जोडिएका छन्, कसरी जिविका चलाएका छन् भन्ने कथा व्यथालाई नाटकमा देख्दा उनीहरु स्तब्ध बने ।
उपल्लो मुस्ताङमा ३ दिन यस्तै सांस्कृतिक उत्सवमय बन्यो । 

नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्ष्यमा गण्डकी प्रस्रवण क्षेत्रका तीर्शस्थलहरूको विश्लेषणात्मक अध्ययन डा. जगमान गुरुङ

 हिन्दू धर्ममा आस्था राख्ने, यो धर्म मान्नेहरुका लागि शक्तिपीठहरुको विशेष महत्त्व हुने गर्छ । शक्तिपीठहरुको स्थापना र तिनको पूजा गर्ने प्रचलनले कुनै वेला समाज व्यवस्थामा मातृसत्ताको प्रभुत्व रहेको तथ्यलाई औंल्याउँदछ । हिन्दू धर्म मान्नेहरुले सामान्यतः शक्तिपीठहरुको अराधाना सदैव गर्ने गर्छन् । अझ दशैं आएपछि त शक्तिपीठहरुमा झनै विशेष आराधना, पूजापाठहरु गर्ने गरिन्छ । आज हामी तपाईंहरुलाई क्यामेराको माध्यमबाट मुलुकका केही चर्चित शक्तिपीठहरुको दर्शन गराउँदैछौं ।
 दन्तकाली, धरान दन्तकाली मन्दिर धरान नगरपालीका वडा नं. १४ विजयपुर डाँडाको मध्य भागमा अवस्थित छ । मध्यकाल तिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिँड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ । उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ । यो मन्दिरको बारेमा स्वस्थानी ब्रतकथामा पनि उल्लेख भएको पाइन्छ । नेपाल एकिकरण पूर्व विजयपुर राज्यका सेनवंशी राजाहरूको ईष्टदेवीको रूपमा पुजित यो शक्तिपीठको महिमा सदाकाल उस्तै रहेको छ ।

पूर्णीमा वर्ष १ देखि वर्ष १२५ सम्मका सबै १०० अङ्क हेर्नुहोस : संसोधन मण्डल

गोविन्द न्यौपाने:-  शासनकालको नेपाल ज्ञान–विज्ञानका दृष्टिले अँध्यारो युगमा थियो। एकातिर शिक्षाको क्षेत्रमा नेपाल पछाडि थियो भने अर्कातिर राणाहरूको विलासी शैली र भारतलाई शासन गरिरहेको अंग्रेजपरस्त नीतिका कारण मुलुकको भविष्य नरहेकाले परिवर्तन आवश्यक रहेको त्यसवेलाका पढे–लेखेका युवाहरूमा सोच थियो। सचेत युवाहरू प्रत्यक्ष–अप्रत्यक्ष रूपमा राणा विरोधी अभियानमा लागिसकेका थिए। भारतमा अंग्रेज शासन ढले पनि नेपालीलाई अर्को औपनिवेशिक शक्तिले खाने खतरा थियो। किनकि औपनिवेशिकताको बीजारोपण भारतीयहरूले अंग्रेजबाट सिकिसकेका थिए। आफ्नोपन जोगाउन सकिएन भने विदेशी शक्तिले नेपाललाई कहिल्यै उठ्न नसक्ने बनाउँछ भन्ने सोच शिक्षित युवाहरूमा थियो। परिवर्तनको आकांक्षी र स्वपहिचान खोज्ने तिनै युवामध्ये एक थिए नयराज पन्त, जो इतिहास संशोधन मण्डलका संस्थापक र इतिहास लेखनका हस्ती थिए।
पूर्णिमाका सम्पुर्ण भागहरु तल हेर्नुहोस। 

योगी नरहरिनाथको सम्पुर्ण अडियो भाषण तथा प्रवचन

योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ गते आइतबारका दिन कालीकोट जिल्ला, तत्कालीन ठाँटीकोट गाउँ विकास समिति, वडा नं. ७, लालुलोखाडा, चाखा, लालुगाउँका भारद्वाजगोत्रीय ललितसिंह ऋक्सेन थापा र माता गौरीदेवी (आत्रेयगोत्री) को माइला पुत्रको रूपमा भएको थियो ।
आठ वर्षकै उमेरमा ब्रतवन्ध गरिएका बलवीरसिंह ऋक्सेन थापाले वि.सं. १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग सन्न्यास लिएपछि मात्र उनको नाम योगी नरहरिनाथ रहन गएको थियो अध्ययन पूरा गरेपछि उनी'गौहत्या निषेध आन्दोलन' एवं भारतको स्वतन्त्रता संग्राम सत्याग्रहमा होमिए । यस क्रममा उनी पटकपटक लाहौरको मल्तान, शिन्ध, पञ्जाब, दिल्ली र कलकत्ताका कारागारहरूमा थुनिए ।

बडा महाराजधिराज पृथ्वी नारायण शाहको चिना लगायत महत्व पुर्ण अभिलेख।

भाग १ पृथ्वीनारायण शाह: नेपाल एकीकरण गर्दा स्थापित सेनाका पाँच एकाइ कुन हुन् र अहिले कहाँ छन्
। आधुनिक नेपालको एकीकरण अभियानमा युद्धको अग्रमोर्चाको आफैँ नेतृत्व गरेका राजा पृथ्वीनारायण शाहले नेपाली सेनाभित्र साङ्गठनिक जग निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेलेको अभिलेख पाइन्छ। 
अढाई सय वर्ष लामो शाहवंशीय शासन अन्त्य भएर मुलुकमा गणतान्त्रिक शासनकालको १२ वर्ष नाघिसकेको छ। तर राष्ट्रनिर्माता भएकाले र नेपाल स्थापना गर्न पुर्‍याएको योगदानका आधारमा नेपाली सेनाले अझै पनि पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्दै आएको बताएको छ। आफ्ना प्रत्येक एकाइका कार्यालयहरूमा पृथ्वीनारायण शाहका तस्बिर राख्दै आएको नेपाली सेनाले सोमवार ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७’ को अवसरमा आफ्नो मुख्यालय जङ्गी अड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरेको छ।