चाणक्य नीति चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरु लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरु रहेकाले यो पूरा विश्वभरमा पढ्ने गरिन्छ; यसमा आदर्श व्यवहार यथार्थको सुन्दर तरिकाले समन्वय गरिएको छ ।
चाणक्य नीति आचार्य विष्णुगुप्त चाणक्य वा कौटिल्य रचित नीति ग्रन्थ चाणक्य नीति दर्पण व्यावहारिक जीवनका लागि श्रेष्ठ मार्गदर्शक नीति मानिन्छ । यसमा बताइएका नीतिहरूको दैनिक जीवनमा कति व्यावहारिकता छ, त्यो कुरा सो ग्रन्थको अध्ययनले स्पष्ट गर्छ ।
यो ग्रन्थ नेपालका गुरुकुल पाठ्यक्रमको एक प्रमुख विषय हुने गर्थ्यो ।- अन्नका अलावा कुनै पनि धनको कुनै मूल्य हुँदैन । भोकभन्दा ठूलो शत्रु अरू केही हुँदैन ।
- अरूको धनको लालच गर्नु व्यक्तिको नासको कारण बन्ने गर्छ ।
- आफ्नो जीवन वा परिवारको गहिरो राज कसैलाई पनि बताउनुहुन्न किनकि व्यक्ति समय आएपछि त्यही कमजोरीलाई आफ्नो हतियार बनाउने गर्छ र त्यो राज अर्कोको सामु खोलिदिन सक्छ ।
- आलसी मनुष्यलाई न त वर्तमानको केही जानकारी हुन्छ न त भविष्यको कुनै लक्ष्य नै ।
- ऋण, शत्रु र रोगलाई कहिलै पनि सानो सम्झिनु हुँदैन । सकिन्छ भने त यी सबैलाई सधैंको लागि समाप्त गरिदिनु उत्तम हुन्छ ।
- कुनै पनि कार्य गर्नुपूर्व यी तीन प्रश्न आफैँले आफैँलाई सोध्ने गरौं । यो काम म किन गरिरहेको छु । यसको परिणाम के हुन सक्छ । के यो काममा म सफल हुन सक्छु ? यदि यो सोच्दा हामीले यसको उत्तर पाउन सकेनौं भने यसलाई छाड्दिुनु नै ठीक । यदी यसको उत्तर पाइन्छ भने तपाईं सही दिशामा हुनुहुन्छ ।
- जो मेहनती छ, ऊ कहिलै पनि गरिब हुँदैन । जसले भगवानलाई सधैं याद राख्छ उसको मनमा कुनै पापी भावना नै आउँदैन । किनकि दिमागबाट नै सचेत व्यक्ति सधैंभरि निडर हुने गर्छ ।
- ज्ञानी त्यही हो जो मान तथा अपमानलाई सदैव समान रूपमा लिन्छ । तर, यस्तै गर्न सक्नु एकदमै कठिन मानिन्छ । जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरुको सामुन्ने चर्चाको विषय बनाउनु हुँदैंन । हुन सक्छ तपाई अरुलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ परन्तु सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन वृद्धि हुन्छ । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग पनि बताउनु हुँदैंन ।
- त्यस्तो मान्छेलाई मद्दत गर्नु व्यर्थ कुरा हो जो सधैंभरि नकारात्मक भावबाट युक्त हुन्छ । किनकि यस्ता मान्छेहरू प्रयास गर्न छाडेर अरूलाई या परिस्थितिलाई दोष दिएर उदास भएर बस्छ र लक्ष्यबाट भड्किएर हिँड्छ ।
- त्यो ठाउँमा एक पल पनि बस्नु उपयुक्त हुँदैन जहाँ आफ्नो इज्जत हुँदैन, आफ्नो जीविका चलाउन सकिँदैन, जहाँ कोही पनि साथीहरू छैनन् र जहाँ व्यावहारिक ज्ञानको कुरा गर्ने कोही छैन ।
- धनको क्षति भयो भने त्यसको बारेमा कसैलाई पनि भन्नु हुँदैंन । यसको कारण मानिसको प्रतिष्ठा नष्ट हुन्छ र मानिसहरूको उसको सम्मान गर्न छाड्छन । मानिसहरु उसलाई मद्धत गर्नुको साटो उसको अवस्थालाई हाँसोको विषय बनाउँदछन् ।
- पुरुषले आफ्नो घरको भित्री कुरा कसैलाई पनि बताउनु हुन्न । विशेष गरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नु हुँदैंन । यसो गर्नालले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ । भविष्यमा उसले विभिन्न समस्याहरु सामना गर्नुपर्ने हुन सक्छ ।
- बुद्धिमान व्यक्ति यदि कुनै मुर्ख व्यक्तिलाई सम्झाउने प्रयास गर्छ भने यसको मतलब हो ऊ स्वयंले समस्या खडा गरिराको छ ।
- मनले सोचेको काम कुनै अरू व्यक्तिलाई सुनाउनु आफैँमा हाँसोको पात्र बन्नु बराबर हो । मनमा लागेको कुरा आफ्नै मनमा सीमित राख्नु र काम फत्ते भएपछि मात्रै अरूलाई सुनाउनु नै उपयुक्त हुन्छ ।
- यदि मनमा केही दुःख छ भने त्यो पनि कसैसँग अभिब्यक्त गर्नु हुँदैंन । किनभने संसारमा सच्चा हितैषी एकदमैं कम हुन्छन् । हुन सक्छ जुन मानिससँग दुःख अभिब्यक्त गरिन्छ उसैले पिठ्युपछि यसको मजाक उडाउन सक्छ । जसका कारण यसले झन दुःखी बनाउँछ ।
- राम्रो आचरणले दु:खहरूबाट मुक्ति मिल्छ । विवेकले अज्ञानतालाई मेटाउने क्षमता राख्छ र जानकारीले भयलाई दुर गर्न सहयोग गर्छ । त्यसैले यी ३ विषय जानकारीमा राख्नुपर्छ ।
- विद्या नै निर्धनको धन हो । यो यस्तो किसिमको धन हो जसलाई कहिलै पनि चोर्न सकिँदैन । यो अरूलाई बाँड्दा आफैँमा थपिँदै जान्छ ।
- व्यक्ति सधैं राम्रो गुणद्वारा उच्च हुनुपर्छ । उच्च स्थानमा बसेर कुनै पनि व्यक्ति ठूलो हुँदैन ।
- संकटको समयमा सधैंभरि बुद्धिको नै परीक्षा हुन्छ र बुद्धि नै हाम्रो काममा आउँछ ।
- सधैं खुसी हुनु पनि दुस्मनको दु:खको कारण बन्ने गर्छ । त्यसैले सधैंभरि खुसी हुनु सबैको लागि सजाय दिनु बराबर हो ।चाणक्य नीति नेपालीमा पढ्नुहोस
No comments:
Post a Comment