कक्षा ९ र १०को कर्मकाण्ड पाठ्यक्रम:- सनातन चौतारी

नेपालमा संस्कृत शिक्षा अन्तर्गत पढाई हुने ९ र १० कक्षाको कर्मकाण्ड पाठ्यक्रम। यसमा अग्नीस्नथापना विधि, सामान्य होम विधि, अन्नसंस्कार(पाश्नी),  नामसंस्कारविधि (न्वारान) पन्चगब्य विधि रेखि कसरी हाल्ने विधि लगायत विधि छन। संस्कृत र नेपालीमा ब्यख्या सहित। पुरा पाठ्यक्रम पढ्न तल PDF फाईल हेर्नुहोस। 
खासगरी वेद उपनिषद्मा आधारित शिक्षाको प्रचारप्रसार भएको पाइन्छ । नेपालको प्राचीन कालमा मूलतः शिक्षा प्रणाली पुस्तौनी दिमागी हस्तान्तरणमा आधारित थियो ¤ त्यतिबेलाको पाठ्यक्रमको रूपरेखा भन्नु आमा, बाबु र समाजको चिन्तन एवं कार्यशैली हो । शिक्षाको मुख्य उद्देश्य नै आध्यात्मिक विचारको विकासबाट जनतामा चेतना जगाउनु रहेको थियो । पाठ्यक्रममा आधारित पढाइ हुने विषयवस्तुमा संस्कृत भाषा, साहित्य, ज्योतिषशास्त्र र आयुर्वेदिक प्रमुख विषय थिए ।
वैदिक शिक्षामा गुरुकुल, ऋषिकुल, पितृकुलजस्ता शिक्षण प्रणाली भए पनि मुख्य गुरुकुल प्रणाली बढी थियो ।
वैदिक शिक्षाको पाठ्यक्रममा बाहुनहरूका लागि वैदिक संहिता, वेद वेदाङ्ग दर्शन, नीतिशास्त्र ज्योतिष, उपनिषद्, मोमासा, व्याकरण, न्याय आदि थिए । व्यावसायिक विषयको रूपमा कर्मकाण्ड प्राणायाम तथा व्यायाम रहेको पाइन्छ । क्षेत्रीहरूलाई धनुषवाण चलाउने सीप, राजनीति, दण्डनीति, अर्थनीति आदिको ज्ञान दिइन्थ्यो भने वैश्यलाई पशुपालन, कृषि र व्यापारमा दक्ष बनाइन्थ्यो ।
प्राचीन शिक्षाको अर्को महत्वपूर्ण लक्ष्य सांस्कृतिक निधिको संरक्षणमा टेवा पु¥याउनु थियो । त्यसबेला वेद र वैदिक साहित्यको अध्ययन गराइन्थ्यो । यसको प्रभावले शिक्षार्थीहरू प्राचीन सांस्कृतिक संरक्षणमा दत्तचित्त हुने गर्दथे । तत्कालीन शिक्षाको अर्को आदर्श मानिसलाई व्यवहारवादी बनाउनु पनि थियो । लोक रचनादेखि लिएर दर्शन, योग धर्मशास्त्रजस्ता विषयहरू तत्कालीन पाठ्यसामग्री भएको बुझिन्छ । पाठ्यक्रममा व्यावहारिक विषयहरू पनि समावेश गरिएका थिए ¤ शिक्षा प्राप्त व्यक्ति व्यवहारकुशल हुनुपर्छ भन्ने त्यसबेलाको धारणा थियो । प्राचीन शिक्षा पद्धतिलाई अगाडि बढाउन अग्रहार विहार मठका अतिरिक्त गोष्ठीहरू प्रख्यात थिए । नक्साल नारायण चौरस्थित अभिलेखमा वेदवेदाङ्ग अध्यापन गर्ने शाखा गोष्ठी भएको पुष्टि हुन्छ ।
प्राचीन कालमा शिक्षाको पाठ्यक्रम पूर्णरूपमा धार्मिक ग्रन्थहरूमा आधारित थियो । त्यसबखत नेपालका विभिन्न धार्मिक अनुष्ठानहरूले सामाजिक रीतिरिवाज, सामाजिक मूल्य मान्यताको विकास गरे । फलस्वरूप धार्मिक संस्थाहरूले आ–आफ्नो धर्मलाई बढावा दिने खालको शिक्षाको पाठ्यक्रम कार्यान्वयन गरे । यसरी प्राचीन नेपालमा धर्म, दर्शन, कला औषधिशास्त्र, वेद वेदाङ्ग आदिको शिक्षा दिने चलन रहेको पाइन्छ । प्राचीन कालमा दैनिक जीवनसँग घनिष्ट सम्बन्ध राख्ने व्यावसायिक शिक्षामा पनि जोड दिइएको देखिन्छ । यसको लागि प्रमाणस्वरूप कला सूत्र शिक्षा निकै प्रचलनमा थियो । सूत्र शिक्षाको माध्यमबाट कलाकारहरू अनुपम कलात्मक मूर्तिहरू तयार पार्थे । यसबाहेक मन्दिर र भवनहरू तत्कालीन जीवनमूलक शिक्षाको परिणाम थिए भन्न सकिन्छ ।

संस्कृत शिक्षा अन्तर्गत पढाई हुने ९ र १० कक्षाको कर्मकाण्ड 



No comments:

Post a Comment