देवीप्रसाद प्रसाईँ :- भगवद्गीताको तुलनामा अष्टावक्र गीता अत्यन्त कम प्रसिद्ध छ तर यसमा रहेको अध्यात्मिक तथा
दार्शनिक पाटो भने धेरै नै विशिष्ट छ । धेरैको मतमा अष्टावक्रगीता जीवनको रहस्यलाई अत्यन्त सरलताकासाथ उद्घाटित गर्ने ग्रन्थ हो । किंवदन्ती अनुसार शारीरिक रूपमा कुरूप रहेका र कलिलो उमेरका युवा अष्टावक्रले राजा जनकलाई गरेको आत्मज्ञानोपदेश यसमा छ । यसका विभिन्न भाषमा अनुवाद भएका छन् । ती मध्ये राधाकमल मुखर्जी र स्वामी चिन्मयानन्दका अंग्रेजी अनुवादहरू विशेष प्रसिद्ध छन् । अष्टावक्रगीता माथिको ओशो रजनीशको प्रवचन पनि विशेष चर्चित छ । नेपालीमा पनि अष्टावक्रगीताको अनुवाद उपलब्ध छ । यसका नेपाली अनुवादक देवीप्रसाद प्रसाईँले आफ्नो अनुवादको भूमिकामा मोक्षप्राप्तिको सबैभन्दा सजिलो सिँढीका रूपमा चित्रित गरेका छन् ।
अष्टावक्रगीताको प्रारम्भमै अष्टावक्र भन्छन् —
मुक्तिमिच्छसि चेत्तात विषयान् विषवत् त्यज
क्षमार्जवदयातोषसत्यं पीयूषवद् भज ।।
अर्थात् तिम्रो मुक्तिको कामना तबमात्र पूरा हुन्छ जब तिमी सांसारिक भोग विलासलाई विषलाई झैँ त्याग गरी क्षमा, उदारता, दया र सन्तोषलाई सेवन गर्दछौ ।
अष्टावक्र गीता नेपालीमा
No comments:
Post a Comment