नित्य कर्म भन्नले विहान जागा भए देखि प्रातः कालिन सदाचर कर्म लगायत वेलुका सयन सम्मका आध्यात्मिक कर्महरु पर्दछन् । यथार्थमा स्वधर्म हो र जिउने कला पनि हो । एउटै मातापिता बाट जन्म भएका वालकको शिक्षादिक्षा लालनपोषण समान हुँदापनि ब्यक्तिगत स्वभाव फरकफरक हुन्छन् । कोहि स्वस्थ्य कोहि रोगी,कोहि धनि कोहि गरीव हुन्छन् । यसवाट यो थाहा हुन्छ कि जन्मान्तरिय अदृष्टरुप नै मानिसको जीवनको कारण बनेको हुन्छ ।
मानिसले दिनको तेइस घण्टा आफुलाई राखेर एक घण्टा भगवानकालागि दिनु पर्दछ । प्रत्तेक दिन श्रध्दा र निष्ठा भावले सदाचारमा रहेर दिनको एक घण्टा परमात्माको आराधना गर्नाले बाँकी तेइस घण्टा हाम्रा लागि सुभदायक हुन्छन । जस्का प्रभावले मन शान्त हुन्छ । बुध्दि निर्मल हुन्छ ।
मनमा उठेका काम,क्रोध,लोभ,मोह मद,मात्सर्य इष्र्या,दम्भ,राग द्वेश आदि शारिरिक विकारहरु स्वतः हटेर जान्छ । तव मानिस हेरक दिन परमात्माको चिन्तनमा संलग्न भएर परब्रह्म परमेश्वरको प्राप्तिको खोजि गर्दछ । जव परमात्माको खोजितिर लाग्दछ अनि विस्तारै विस्तारै दैवि गुणले सम्पन्न भएर इश्वरोन्मुख हुनजान्छ । इश्वरोन्मुख भैसकोको मानिसमा परमात्माको वास्तविक बोध हुदैजान्छ अनि सदाका लागि जीवनमुक्त भएर आत्मोद्वार गर्दछ । यहिनै मानिसको सर्वोत्तम सफलता हो । यस्तो सफलता प्राप्त गर्न शास्त्रोक्त अनुष्ठानमा रहि पूजा आराधना एवं नित्य कर्म गर्दै जानु मनिसको अनिवार्य कर्तब्य हो ।
वैदिक सनातनीले नित्य गर्नुु पर्ने पुजापाठ मन्त्र :- नेपालीमा
No comments:
Post a Comment