उप–नी–षद् को अर्थ हुन्छ गुरुको चरण नजिकआसनमा बस्नु । उपनिषदहरूलाई श्रुति पनि भनिन्छ किनभने उपनिषदहरूलाई वेदको ज्ञानकाण्ड मानिन्छ । वेदको अन्त मानिएकोले वेदान्त पनि भनिन्छ । जंगलको एकान्तमा शिष्यको जिज्ञासा मेटाउन रचना गरिएका ग्रन्थ भएकोले यिनीहरूलाई आरण्यक पनि भनिन्छ । उपनिषदमा जीवनको सबभन्दा गूढ विषय छलफल गरिएकोले उपनिषदलाई रहस्यविद्या पनि भनिन्छ । उपनिषदहरु हिन्दु र बौद्ध अध्यात्म दर्शनका आधार भएकोले अध्यात्म विद्या पनि भनिन्छ ।
सुफि दर्शनमा उपनिषद्को निकै प्रभाव परेको हुनाले यसलाई हिन्दू तथा इस्लाम धर्मको सेतुको रूपमा पनि मान्न सकिन्छ। सबैभन्दा लामो बृहदारण्यक उपनिषद्, सबैभन्दा पुरानो छान्दोग्य उपनिषद्, र सबैभन्दा सानो माण्डूक्य उपनिषद् हो। उपनिषद् संस्कृत भाषामा लेखिएको छ र यसमा प्रयोग भएको भाषालाई पछिल्लो वैदिक सँस्कृत भन्ने गरिन्छ। पुराना उपनिषद्हरू मध्ये ऐतरेय र कौषीतकि ऋग्वेद सँग सम्बन्धित छन् भने केन तथा छान्दोग्य उपनिषद् सामवेद सँग सम्बन्धित छन्। त्यस्तै ईश, तैत्तिरीय र बृहदारण्यक उपनिषद् यजुर्वेद सँग अनि प्रश्न र मुण्डक अथर्ववेद सँग सम्बन्धित छन्। सबैभन्दा पुराना उपनिषद्हरू पद्यको रूपमा लेखिएका छन् ।
नौ वटा उपनिषद हिन्दिमा ब्याख्या सहित
No comments:
Post a Comment