श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट अर्थ्याए पनि मूलतः यसले इङ्गित गर्न खोजेको अर्थ एउटै हो- पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु । जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिएको छ । यसैगरी उनीहरूको मृत्यु हुँदा शरीरलाई दाहसंस्कार आदि क्रिया गर्नु एवं अज्ञातस्थलमा पुगेका पितृहरूको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि उसको कर्तव्य मानिएको छ। वेदादि आफ्ना शाखाका शास्त्र हरूले बताएका विधि विधानअनुसार आफ्ना पितृहरूका निमित्त गरिने पैतृक कर्म नै श्राद्ध हो |
श्रद्धया क्रियते इति श्राद्धः |अतःआफ्ना पुर्खाद्वारा ग्रहण गरिएको वेदशाखा सम्बद्ध गृह्यसूत्र निर्देशित भएर गरिने कार्यलाई नै श्राद्ध भनिएको हो | पितृकार्यं द्विजातीनां देवकार्याद्विशिष्यते- पितृकार्य अन्य देवकार्यको तुलनामा अतिश्रद्धापूर्वक गर्नुपर्ने विशेष कर्म भएकोले पनि भौतिक तथा पारलौकिक सफलताका प्राप्तिकालागि पितृहरूको उपासना गर्न वेदादि शास्त्रहरूले निर्देशन दिएका हुन्। यसकारण दुधआदि पदार्थहरू श्रद्धापूर्वक चढाउँदै गरिने कार्य नैं श्राद्ध हो। यसैगरी पितृहरूको स्मरण गर्दै पितृहरूका प्रतीक बनेर आफ्ना निमन्त्रणामा आफ्ना घर आएका ब्राह्मणहरूलाई पितृहरूलाई प्यारो लाग्ने वस्तु दान गर्नु वा प्रियभोजन गराउनु पनि श्राद्ध नैं हो।
श्राद्ध तर्पण विधि:- नेपालीमा
No comments:
Post a Comment