भनिन्छ, आध्यात्मिक बलले नै आत्मिक बल प्राप्त हुन्छ र आत्मिक बलले नै शारीरिक बल प्राप्त गर्छ । यसरी वाह्य तथा भित्री रोगसँग लड्नका लागि शरीरलाई सक्षम तुल्याउँछ । प्रतिदिन हनुमा चालिसा पाठ गर्दा मन र मस्तिष्कमा आध्यात्मिक बल प्राप्त हुन्छ । पौराणिक पात्र हनुमान आफैमा बल एवं शक्तिको प्रतिक हुन् ।
हनुमान चालिसा पाठ गरिरहँदा बल एवं शक्ति प्राप्त भएको अनुभूत गर्छौं ।
मनोबल बढाउँछ
नित्य हनुमान चालिसा पढ्दा पवित्रताको भावना विकास हुन्छ र हाम्रो मनोबल उच्च हुन्छ । मनोवल उच्च रह्यो भने सानोतिनो संकटले विचलित बनाउँदैन । हनुमान चालिसाको एक पक्ति छ, अष्ट सिद्धि नव निधि के दाता, असवर दिन जानकी माता ।
अकारण तनाव वा भय हटाउँछ
हनुमान चालिसामा एउटा पंक्तिमा लेखिएको छ, नासै रोग हरे सब पीरा, जपत निरन्तर हनुमत बीरा । बल बुधि विद्या देहु मोहिं, हरहू कलेस बिकार । अर्थात कुनैपनि प्रकारका रोग होस् बस तपाईं श्रद्धापूर्वक हनुमानजीको जप गर्नुहोस् । श्रद्धा वा विश्वासमा पनि ताकत हुन्छ ।
जब हामी सकारात्मक मनले कुनै कामना गर्छौं, हामीमा एक किसिमको शक्ति मिल्छ । नकारात्मक प्रभावबाट मुक्ति हनुमान चालिसा पाठ गरिरहँदा तपाईंमा श्रद्धाभाव पैदा हुन्छ । मनमा सकारात्मक उर्जा जाग्छ । भय र बेचैनी हट्छ । यसले तपाईंको मनलाई स्थिर र शान्त बनाउँछ । सकारात्मक भावनाको विकास गराउँछ । सकारात्मक उर्जाले नै व्यक्तिलाई दीर्घजीवी बनाउँछ । नित्य हनुमान चालिसा पढ्दा हामीमा आध्यात्मिक बल, आत्मिक बल एवं मनोबल बढ्छ । यसले पवित्रताको भावना महसुष हुन्छ । शरीरमा हल्कापन महसुष हुन्छ । भय, तनाव, असुरक्षाको भाव हट्छ ।
हनुमान चालिसा नेपालीमा
No comments:
Post a Comment