राज्यराष्ट्र" State-Nation" पुस्तक:- बौद्धिक नेपालीले पढ्नै पर्ने

हामीले अहिलेसम्म विश्वविद्यालय, लोक सेवा,विद्यालय आदिको पाठ्यक्रममा राष्ट्रनिर्माणको एकमात्रा सिद्धान्त" राष्ट्रराज्य" Nation-State" पढियो र पढाईयो।जुन युरोपकेन्द्रीत हो र अहिले गतार्थ भैसकेको छ । नेपाल केन्द्रमा राखेर नेपालीले प्रतिपादन गरेको नया " राज्यराष्ट्र" State-Nation" सिद्धान्तले अहिले सम्मको विश्व प्रतिमान नै परिवर्तन गरेको छ। नेपाल प्राचिनकाल देखिनै राज्यराष्ट्र थियो र अबको विश्वको समग्र समस्याको एकमात्र हल " राज्यराष्ट्र" रहेको छ।

वेदमा भूमिलाई, पृथिवीलाई माता भनिएको छ (ऋक्. १०।१८।१०, यजु. ९।२२, अथर्व. १२।१।१०, १२।१।१२, १२।१।६२, १२।१।६३) । “राष्ट्र”, “राष्ट्रियता”, “राज्य” बारे प्रत्यक्षतः वा परोक्षतः प्राचीनकालदेखि नै चिन्तन हुँदै आएको छ । उक्त चिन्तनको परम्परामा विभिन्न दृष्टिकोण रहेका छन् । युरोप–केन्द्रित प्रतिमानअनुसार प्रजाति, जाति, सम्प्रदाय, समुदाय, भाषा आदिलाई “राष्ट्र” को परिभाषामा प्राथमिक मानी कित्ताकाट गर्ने सोचले “राष्ट्रराज्य”(Nation State), “द्वि–राष्ट्रिय राज्य”(Two-Nation State), “बहु–राष्ट्रिय राज्य” (Plurinational State / Multi-Nation State) जस्ता अवधारणा अगाडि आए । तर, वैदिक, बौद्ध, किराती, जैन, बोन आदि परम्परामा “राष्ट्र” जुन अवधारणा छ, त्यसलाई युरोप–केन्द्रित प्रतिमानअनुसार परिभाषित गर्न मिल्दैन । “राज्यराष्ट्र” (State Nation) सिद्धान्त अनुसार, भू–राजनीतिक–वैधानिकता प्राप्त एउटा निश्चित भौगोलिक सीमाबद्ध “राज्य” नै “राष्ट्र” हो, जुन स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्तासम्पन्न हुन्छ र जहाँ विविध प्रजाति, जाति, भाषा, संस्कृति, सम्प्रदाय, समुदाय, भौगोलिक क्षेत्र आदिको समन्वयबाट समष्टिकृत “राष्ट्रियता” निर्धारण भएको हुन्छ । प्रस्तुत पुस्तकमार्फत् “राज्यराष्ट्र” (State Nation) को सिद्धान्त अगाडि ल्याइएको छ, जहाँ “राष्ट्र”, “राष्ट्रियता”, “राज्य” सम्बन्धी मौलिक रैथाने अवधारणा उजागर गरिएको छ ।
राज्यराष्ट पुस्तक पढ्नुहोस ।

No comments:

Post a Comment