सम्पुर्ण निर्णय शिन्धु नेपालीमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा माधवप्रसाद भट्टराईका अनुसार सबैभन्दा धेरै जुठो बार्नुपर्ने आमा–बुबा र पतिको मृत्युमा एक वर्ष हो । त्यसपछि पत्नीको तीन महिनासम्म, भाइ र छोराको ४५ दिनसम्म र सपिण्डीको एक महिनासम्म विशेष आशौच (जुठो) लाग्ने गर्छ । यो समयभित्र छोराछोरीको बृद्धिकर्म (चूडाकर्म, उपनयन र विवाह) गर्नुहुँदैन । त्यसपछि आशौच अनुसार विनायक एवं श्री शान्ति गरेर मात्रै मांगलिक कृत्य गर्नुपर्छ  हिन्दू संस्कार अनुसार मानिसको जन्मभन्दा अघि नै सुरु हुने १६ वटा संस्कार मानिसको मृत्युपछि मात्रै पूरा हुन्छ । यी १६ संस्कार मध्ये जन्म र मृत्यु संस्कारको समयमा परिवार र कूलका मानिसहरु अपवित्र हुने मान्यता छ । जन्म र मृत्युको केही समयसम्म देवकार्य र पितृकार्य जस्ता मांगलिक कामहरुमा प्रतिबन्ध लगाईएको हुन्छ । जसमध्ये कुनैपनि परिवारमा नयाँ व्यक्तिको जन्म भएको बेलामा १० दिनसम्म सूतक मान्ने गरिएको छ । मृत्युको समयमा सम्बन्ध अनुसार जुठो बार्ने गरिएको छ । यही कारणले नै हिन्दू संस्कार व्यवस्थामा पुस्तौपुस्तासम्मका मानिसहरुबीच समेत भातृत्वको भावना पाईन्छ । महत्वपुर्ण निर्णय शिन्धु नेपालीमा- भाग १,२,३,४,५,६,७,८,९,१०।


बच्चाको मृत्युभएमा कति दिन बार्ने ?

– बच्चा गर्भमै मरेमा पनि सूतक वा जुठो लाग्दैन । 

– बच्चा जन्मिएपछि न्वारनअघि नै बच्चाको मृत्यु भएमा स्नान मात्र गरेपछि सबै चोखा हुन्छन् ।

– नामाकरणपछि दाँत नउम्रिँदै बच्चाको मृत्यु भएर जलाएमा उसको एकदिन जुठो बार्नुपर्छ ।

– दाँत उम्रिएपछि चूडाकर्म नगरुञ्जेल बच्चाको मृत्यु भएमा बाबुआमाले एकदिन जुठो बारे हुन्छ ।

– चूडाकर्म भइसकेपछि व्रतबन्ध अगाडि नै मृत्यु भएमा ३ दिन जुठो बार्नुपर्ने हुन्छ ।

–व्रतबन्धअघि नै छोराको मृत्यु भएमा आमाबाबु र सौतेनी आमालाई तीनरात जुठो लाग्छ ।

– ६ महिनासम्मका छोराहरु मरेमा सपिण्डीहरुले नुहाएमात्रै पुग्छ । ६ महिनादेखि ३ वर्षसम्मको बच्चाको निधनमा सपिण्डीले एकदिन जुठो बार्नुपर्छ । छोरी मरेमा सपिण्डीले एकदिन र बाबुआमाले ३ दिन जुठो बार्नुपर्छ ।

– व्रतबन्धपछि छोराछोरीको मृत्यु भएमा अन्य मानिसको सरह नै नाता अनुसारका मानिसहरुले जुठो बार्नुपर्छ ।

सामान्यतया कसको मृत्युमा कति दिन लाग्छ जुठो ?

– कुनै पनि कन्याको जन्मपछि चूडाकर्म गर्नुपूर्व मृत्युभएमा सपिण्डीहरुले स्नान मात्र गरे पुग्छ ।

– चूडाकर्मपछि वाग्दानपूर्व (बिहे छिन्ने काम) मृत्यु भएमा एक दिन तथा वाग्दानपछि विवाह अगाडि मृत्यु भएमा पति तथा पिताका दुबै कुलमा ७ पुस्तासम्मका दाजुभाइहरुले तीन दिनसम्म जुठो बार्नुपर्छ ।

– विवाह गरेकी विवाहिताको जुठो उनका पिताको कुलमा ७ पुस्तासम्मका लागि तीन दिन लाग्छ ।

– विवाह गरेर गइसकेकी छोरीले आफ्ना आमाबुबाको जुठो ३ दिन बार्दा हुन्छ भने विवाह नभएकी छोरीले १० दिन जुठो बार्नुपर्छ ।

– विवाहिता दिदी–बहिनी र दाजुभाइहरुले एक आपसमा मृत्यु भएको खण्डमा समान तीन दिन जुठो बार्नुपर्छ ।

– भाउजू–बुहारी, नन्द–आमाजूको परस्परमा जुठो एक दिन लाग्छ ।

– विवाह गरेकी छोरी माईतमा मरेमा दाजुभाइलाई ३ दिन जुठो लाग्छ । पतिको घरमा नै मरेमा काकाले एक दिन, दिदीबहिनीले दाजुभाइसरह जुठो बार्नुपर्दछ ।

– विवाह गरेकी छोरीको १० दिनभित्र मृत्युको खबर सुनेमा ३ दिन र १० दिनपछि सुनेमा एक दिन जुठो बार्नुपर्दछ ।

– गायत्री सुनाएका वा वेद पढाएका गुरु, कर्म चलेका भाञ्जाभाञ्जी, छोरीका छोराछोरी, आमाका आमाबुबा, पत्नीका आमाबुबा, आफ्नो वा पतिपत्नीका मामा–माइज्यू र छोरीज्वाइँको जुठो ३ दिन लाग्छ ।

–मितको मृत्युमा ३६ घण्टा जुठो बार्नुपर्छ ।

– एउटै आमाका तर, फरक पिताबाट जन्मिएका दिदी–बहिनी एवं दाजुुभाइको जुठो तीन दिन लाग्ने गर्छ ।

– गुरुकी पत्नी वा गुरुका छोराछोरीको मृत्युमा एक दिन जुठो बार्नुपर्छ ।

– वानप्रस्थी, सन्यासी, र व्रम्हचारीले अरुको जुठो बार्नुपर्दैन । उनीहरुका भाइबन्धुले बारे पनि, नबारे पनि हुन्छ । तर, उनीहरुका छोराछोरीले भने सबै कृत्य गर्नुपर्छ ।

धर्मपुत्रले धर्म बाबुआमा मरेमा ३ दिन र क्रिया नै गर्नुपरेमा १० दिन बार्नुपर्छ ।

–सात पुस्ता (सपिण्डी) भित्र व्रतबन्ध भएका मानिस मरेमा १० दिन जुठो बार्नुपर्दछ ।

– आमा, बुबा र पतिको मृत्यु भएमा एक वर्षसम्म जुठो बार्नुपर्छ ।

– सौतेनी आमाको मृत्यु भएमा ६ महिनासम्म जुठो लाग्ने गर्छ । सौतेनी आमाको १० दिन नै क्रिया बार्नुपर्छ । एक वर्षपछि मरेको घटना सुने पनि ३ दिन क्रिया बार्नुपर्छ ।

– पत्नीको मृत्यु भएमा पतिलाई तीन महिनासम्म जुठो लाग्छ ।

– भाइ र छोराको ४५ दिनसम्म जुठो लाग्ने गर्छ ।

– बाँकी रहेका सबै सपिण्डीहरुको मृत्युमा एक महिनासम्म विशेष आशौच (जुठो) लाग्ने गरेको छ । यो समयमा छोरा–छोरीको बृद्धिकर्म (चूडाकर्म, उपनयन र विवाह) गर्नुहुँदैन भन्ने मान्यता छ । त्यसपछि आशौच अनुसार विनायक एवं श्री शान्ति गरेर मात्रै मांगलिक कृत्य गर्नुपर्छ ।

– विशेष आशौच बाहेक सपिण्डीहरुको मृत्युमा १० दिन जुठो बार्नुपर्दछ ।

– सोदक (८ देखि १४ पुस्तासम्मका भाइबन्धुहरु) को मृत्युमा ३ दिन जुठो बार्ने गरिन्छ ।

– सगोत्री (१५ देखि २१ पुस्तासम्मको भाइबन्धुहरु) को मृत्युमा अहोरात्र (दिन र रात) मात्रै जुठो बार्ने गरिन्छ ।

कस्तो अवस्थामा कति दिन जुठो बार्ने ?

– एउटा जुठो नसकिँदै अर्काे जुठो थपिएमा नजिकको पुस्ताका आधारमा जुठो बार्नेसम्बन्धी निर्णय गर्नुपर्दछ । जारी जुठो भन्दा नजिकको नाताका मानिसको मृत्यु भएमा पछिको जुठो पुरै बार्नुपर्छ । टाढाको साइनो भएमा पहिलो जुठो सकिँदा नै दुबै सकिन्छ ।

– आमाबुबा वा पतिपत्नीको सन्दर्भमा अघिल्लो मरणाशौचले पछिल्लो मरणशौच (जुठो) लैजान्छ भन्ने नियम लागु हुँदैन ।

– जन्मको सूतक नसकिँदै जुठो प¥यो भने जुठो १० दिन बार्नुपर्छ ।

– जुठो बारेको दशौं दिनको मध्यरातिसम्म अर्को जुठो थपियो भने थप २ दिन मात्रै जुठो बारे हुन्छ । कुनै–कुनै कुलमा पुरै दिन बार्नुपर्ने उल्लेख भएकाले कुल अनुसारको नियम मान्ने गरिन्छ ।

– अनिक्रान्ता अर्थात् जसको जतिदिन जुठो लाग्ने हो, त्यो समय बितिसकेपछि सुनेको जुठोमा आमाबुबा, पतिपत्नीबाहेक अरुलाई स्नान मात्रै गरे हुन्छ । अरुलाई तोकिएअनुसार नै बार्नुपर्ने हुन्छ ।

– १० दिने जुठो १० भित्र सुनेमा बाँकी दिन बार्ने, १० दिन बितेपछि ३ महिनाभित्रमा सुने ३ दिन बार्ने, ६ महिनाभित्र सुनेमा १.५ (डेढ) दिन बार्ने, ९ महिनाभित्र सुनेमा १ दिन बार्ने, त्यसपछि सुनेमा स्नानमात्रैले पनि शुद्ध भइन्छ ।

महत्वपुर्ण निर्णय शिन्धु नेपालीमा
भाग १ प्रथम भाग

भाग २ 

भाग ३

भाग ४

भाग ५

भाग ६

भाग ७

भाग ८

भाग ९

भाग १०



No comments:

Post a Comment