योगी नरहरिनाथको जीवनी पुस्तक :- विश्व केसी (फोखरेल)

योगी नरहरिनाथ नेपालका सपूत र सिद्ध गोरखनाथका अवतार हुन् । सिद्ध मत्स्येन्द्रनाथबाट नाथ सम्प्रदायको प्रवर्तन भएको हो । सिद्ध गोरखनाथले नाथ सम्प्रदायलाई व्यापक बनाइदिए । यसैगरी सिद्ध रतननाथले नाथ सम्प्रदायलाई अन्तर्राष्ट्रियकरण गरिदिए । सिद्ध मत्स्येन्द्रनाथको जन्म कामरूपदेश असमको मछुवाकुलमा भएको हो । कामरूपदेश सिद्ध मत्स्येन्द्रनाथको जन्मभूमि भएतापनि नेपाल उनको कर्मभूमि हो । नेपालका बौद्धहरू सिद्ध मत्स्येन्द्रनाथलाई पद्मपाणि बोधिसत्व र शैवहरू उनलाई शिवका रूपमा मान्छन् । सिद्ध गोरखनाथ र सिद्ध रतननाथ दुवै नेपाल माताका वरद पुत्रहरू हुन् । नेपाल गोरखाको गोरखनाथ गुफामा सिद्ध गोरखनाथको साधना स्थल हो । नेपालको गोरखाबाट नै सिद्ध गोरखनाथ भारतका विभिन्न क्षेत्रमा गएका हुन् । अहिले पनि भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरमा माघेसंक्रान्तिका दिन खिचडी चढाउँदा सबभन्दा पहिले नेपालको गोरखा दरबारबाट लगिएको खिचडी चढाएपछि मात्र गोरखनाथ मन्दिरका महन्त र त्यसपछि अरू भक्तजनले खिचडी चढाउने परम्परा छ । गोरखाको गोरखनाथ गुफा वज्रभैरवभट्टारकको पुण्यस्थल हो । गोरखनाथ गुफा परिसरमा लिच्छविकालका प्राचीन बौद्ध चैत्यहरू भेटिएका छन् । यसले गर्दा वज्रयानी बौद्ध मत र नाथ सम्प्रदायको बीचमा अन्तरसम्बन्ध रहेको पाइन्छ ।
#sanatanChautari
#Sanatan
#Chautari
#सनातनचौतारी 
#सनातन #चौतारी ।
#सनातनहिन्दु 
@sanatanchautari 
#मौलिक #रैथाने 

योगी नरहरीनाथको जीवनी 

No comments:

Post a Comment