विचार-विज्ञान पुस्तक खप्तड बाबा ।

विचारमाथि विचार गनुभन्दा पहिले त यी प्रश्न नै उत्पन्न हुन्छन्– विचार के हो ? कहाँबाट उत्पन्न हुन्छ ? तथा विचारहरुको के प्रभाव पर्दछ ? विचारहरुमा कति शक्ति छ ? विचारको स्वरुप के हो ? के रङ्ग हो ? विचारहरुलाई बदल्ने उपाय के हो ? र त्यसबाट के लाभ हुन्छ ? वस्तुतः विचारहरुको विशेष रुप हुन्छ र रङ्ग पनि । यसै प्रकारले तिनमा जीवन शक्ति पनि हुन्छ । 

विचार तत्व अदृश्य छ र चर्म चक्षुद्वारा त्यो देख्न सकिदैन तापनि विचारहरुको उत्पत्ति परमाणुमय हुन्छ र ती परमाणु यति सूक्ष्म हुन्छन् भने तिनीहरुभन्दा सूक्ष्म र बेगवान् अन्य वस्तु संसारमा नै छैन । जुन वस्तु जति सूक्ष्म हुन्छ, त्यसको बल पनि उत्ति नै बढी हुन्छ । सबभन्दा सूक्ष्म हुनाको कारणले बिजुली आदि सारा वस्तुहरुभन्दा पनि विचारको नै बल बढी मानिएको छ । जड वस्तुभन्दा चेतन र सूक्ष्म वस्तुमा सदैव नै अधिक बल हुन्छ । जस्तो ढुङ्गाभन्दा माटो सूक्ष्म छ र माटोमा ढुङ्गभन्दा पनि अधिक बल छ । ढुङ्गभन्दा माटोमा जडता कम छ, त्यसैले ढुङ्गाको अपेक्षा माटोमा जीवनशक्ति धेरै छ । माटोभन्दा पानी अधिक सूक्ष्म छ, पातलो छ त्यसैले त्यो भन्दा पानी ज्यादा उपयोगी र बलवान्र छ । पानीभन्दा बाफ सूक्ष्म छ र बाफभन्दा वायु सूक्ष्म छ, बलवान् छ । वायुभन्दा आकाश अर्थात् शब्द सूक्ष्म छ र शब्दको गतिभन्दा प्रकाशको बल धेरै छ । प्रकाशको भन्दा विजुलीको बल बडी र सूक्ष्म छ । 

तर विजुलीभन्दा पनि विचारहरुको बल अति सुक्ष्म छ । यद्यपि विचारभन्दा पनि सूक्ष्मतर वस्तुहरु जगत्मा छन् तर तिनको ज्ञान हामीहरुलाई भएको छैन । यसैल जगत्का सबै वस्तुहरुभन्दा विचार र बुद्धि अति सुक्ष्म र बलवान् भएको वर्णन उपनिषदहरुमा गरिएको छ ः– “इनिद्रयेभ्यः परं मनो मनसः सत्वमुत्तमम् । सत्वादपि महानात्मा महतोऽऽव्यक्तमुत्ततम् ।। अव्यक्तस्तु परः पुरुषो व्यापकोऽविङ्ग एव च ।” 

विचार-विज्ञान पुस्तक

No comments:

Post a Comment