स्वास्थ-विज्ञान:- खप्तड बाबा

स्वामी सच्चिदानन्द सरस्वती पनि भनेर चिनिने उनको धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्यलगायतका झन्डै डेढ दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । विचार विज्ञान नामको कृतिमा उनले विचार बिजुलीभन्दा वेगवान र बलवान हुन्छ भनेका छन् । उनै बाबाले आफ्ना अन्तरंग शिष्यहरूलाई शब्दजालमा न जेलिनू भनी सुझाउँथे । जुन वस्तु जति शक्तिशाली हुन्छ, त्यसलाई सम्हाल्न उति नै जागरुकता र कुशलता चाहिन्छ । विचार शक्तिशाली हुन्छ, विचारमय जीवन झनै शक्तिशाली हुन्छ । जीवनलाई सम्हाल्न सक्नेहरू बुद्ध बन्छन्, नसक्नेहरू बर्बर बन्छन् । अरूले ओगटेको स्थान, वस्तु र समय हत्याउन दौड लगाइरहेको संसारको भीडमा जीवनलाई सम्हाल्न अवश्य सहज हुँदैन ।
त्यसैले स्वामी सच्चिदानन्द सरस्वतीले अधिकांश समय हिउँ जमिरहने खप्तडको लेक रोजे । त्यही लेकमा बसेर उनले बौद्धिक ज्ञान र दर्शनले भरिएका दर्जनौं कृति रचना गरे । यद्यपि उनको बौद्धिक या दार्शनिक योगदान खोज्ने सही ठाउँ ती कृतिहरू होइनन् । 

एउटा प्रतिभावान डाक्टर खप्तडको लेकमा ५० वर्ष शान्त रहनु आफैंमा ठूलो कृति हो । उनले जे जानेका थिए, खप्तड लेकमा बस्दा त्यहीअनुरूप बाँच्ने चेष्टा गरे । जानेको ज्ञान र बाँचेको जीवन एक सदृश हुनु यो युगमा एउटा अद्भुत घटना हो ।

स्वास्थ विज्ञान पुस्तक खप्तड बाबा

No comments:

Post a Comment