यसरी लोकप्रियता बटुलेको शब्दकोशलाई पाठकमाझ सहज तथा निःशूल्क रुपमा पुर्याउने उद्देश्यका साथ प्रतिष्ठानले मोबाइल एप तयार पारेको छ । नयाँ यात्रा प्रालिको प्राविधिक सहयोगमा प्रतिष्ठाले विकास गरेको शब्दकोश गूगल प्ले स्टोरमा सार्वजनिक भइसकेको छ ।
पूर्णतः अफलाइन प्रयोग गर्न सकिने याे एपमार्फत प्रयोगकर्ताले सहज रुपमा शब्दहरु खोज्न र त्यसको अर्थ थाहा पाउन सक्नेछन् । त्यसका लागि वर्ण सूची र सङ्केत सूची पनि उपलब्ध गराइएको छ ।
अ, आ, इ, ई, क, ख, ग, घ जस्ता वर्ण सूचीमार्फत प्रयोगकर्ताले उक्त वर्णबाट आउने शब्दहरुको खोजी गर्न सक्ने गरी एप डिजाइन गरिएको छ । साथै तपाईंले सङ्केत सूचीमार्फत संकेतको अर्थ समेत थाहा पाउन सक्नुहुन्छ ।
यतिसम्म कि तपाईंले खोज्नुभएको शब्द फेला परेन भने त्यससँग मिल्दोजुल्दो सब्दहरु समेत तपाईंलाई एपले नै सजेस्ट गर्नेछ । यदि तपाईंले खाेज्नु भएकाे शब्द शब्दकोशमा फेला नपरेकाे अवस्थामा अपुग शब्दहरु समेट्ने सुझाव समेत दिन सक्नुहुन्छ । यो एपमा हाल ६५ हजार भन्दा बढी शब्द रहेको उल्लेख गरिएको छ । एक महिना अघिमात्रै सार्वजनिक भएको यो एपमा सामयीक रुपमा नयाँ शब्दहरु थप्दै नयाँ नयाँ भर्सन सार्वजनिक गरिने प्रतिष्ठानले जनाएको छ ।
No comments:
Post a Comment